विद्युतीय गाडीको डिलर उद्घाटन

  • माघ ८, २०७९
  • "चन्दन रौनियार"
alt

दुहबी / सुनसरीको दुहबीमा विद्युतीय गाडीको डिलरको उद्घाटन गरिएको छ ।

नगरपालिकाको ३ नं वडाको कोशी राजमार्ग छेउमा इलेक्ट्रीक सवारी साधनको मुख्य डिलर उदाटन भएको हो । डिलरको उद्घाटन शनिवार दुहबी नगर प्रमुख बेद गच्छादारले गरेका छन्

नगर प्रमुख गच्छादारले बातावरणीय प्रदुषण नियन्त्रण गर्न र महंगो तेल प्रयोग गर्ने बाध्यताबाट सर्वसाधारणलाई राहत मिल्ने बताए । उनले यस्ता सवारीहरु लामो दूरिमा जाँदा चार्जिङ्गको समस्या हुने हुँदा ठाउँ ठाउँमा चार्जिङ सेन्टर समेत हुन आवस्यक रहेको बताए ।

चाइनादेखि आयात गरी पूर्वाञ्चलकै मुख्य आयातकर्ता टीएम मोटर्स कम्पनिले दुहबी मै प्रधान कार्यालय स्थापना गरी बिधिवत रुपमा बिद्युतिय गाडिहरुको बिक्री शुरु गरेको छ । बिक्रि केन्द्रमा हाल ४ प्रकारका गाडीहरु उपलब्ध रहेको टीएम मोटर्सका संचालक सञ्जय रौनियारले बताए । रिचार्जएबल स्कुटर,सिटी सफारी, साइकल र बाइकहरु हाल बिक्रिमा रहेका छन् ।

कम्तिमा ५,६ घन्टा चार्ज गर्नुपर्ने उक्त ब्याट्रिको ९ महिनाको वारेन्टी रहेको छ भने ८० देखि सय किमी स्पिड रेन्ज रहेका छ्न् । न्युनतम ६५ हजार देखि १ लाख पचास हजार र दुई लाख सम्ममा स्कुटर र साइकलहरु डिलरमा रहेको सञ्चालक रौनियारले बताए ।

कोशी प्रदेशको पर्यटन ...

धरान/कोशी प्रदेशका सम्भावनायुक्त पर्यटकीय गन्तव्यहरूमा ...

६४ वर्षीय युक्ति चौध ...

धरान/बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय ...

'अपरेशन सिन्दूर' शीर ...

काठमाडौं/  भारतीय सेनाले मे ७ मा पाकिस्तानका ...

चेक बाउन्ससम्बन्धी न ...

काठमाडौं/ चेक बाउन्ससम्बन्धी मुद्दामा अबदेखि सर्वसाधारण ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved