धरान ५ मा एक घर भत्काइयो सुरक्षाको माग गर्दै वडाध्यक्षद्वारा प्रहरीमा उजुरी

  • माघ ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई नियन्त्रण गर्ने प्रयास अनुरुप अभियान नै थालेको छ । केही समय अगाडि धरान १७ मा सार्वजनिक जग्गामा बनेका घर भत्काएको थियो । उपमहानगरपालिकाले यो अभियानलाई निरन्तता दिइरहेको छ । तर पूर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन ।

आइतबार पनि धरान ५ देउरालीको याक्थुङक नजिक रहेको अधेरी खोला बगरमा रहेको घर उपमहानगरपालिकाले डोजर लगाएर भत्काएको छ । सार्वजनिक जग्गामा बनेको घरलाई उपमहानगरपालिकाले नगरपालिकाको प्रदेश प्रदेश १–०२००१ ग ०२३४ नम्बरको स्काभेटर प्रयोग गरी भत्काइएको हो ।

सार्वजनिक जग्गामा घर बनाउन नपाइने भए पनि स्थानीय अनिश लिम्बुले करिब दश धुर जग्गामा इटाको गारो लगाई जस्ताको छाना लगाएर एक तले घर बनाएका थिए । सो जग्गामा खेलकुद मैदान बनाउने भन्दै पूर्व वडाध्यक्ष लिम्बुले संरक्षण गरेको बताइएको छ ।

ghar-Bhatkayoko-pic-1 1

वडाध्यक्ष लिम्बुले सर्वसाधारणले पहिलादेखि नै चर्चेको जग्गामा अनाधिकृत ढंगबाट धरान उपमहानगरपालिकाले भत्काएको आरोप लगाएका छन् । उनले भने–‘भत्काउनु अघि यो जग्गाको विषयमा मेयर हर्क साम्पाङ नै आएर स्थानीयहरुसँग छलफल गर्नुपर्ने थियो । ’

उनले अँधेरी खोलामा पर्ने जग्गा भनिए पनि खोलाको भाग सिमांकन गरेर मात्र भत्काउनु पर्ने बताएका थिए ।
उनले नगरपालिकाले यो मात्र एउटा घरलाई तार्गेट गरेर भत्काएकोप्रति आपत्ति जनाए । उनले भने–‘धरान वडा ५मा ८०देखि ८५ प्रतिशत घर सार्वजनिक जग्गामा बनेका छन्, अरु घर नभत्काई एउटामात्र घर तार्गेट गर्नु नियत खराब भएको बताए ।

यसैबीच सो घटनामा वडाअध्यक्ष मनप्रसाद लिम्बुले आफूलाई केही व्यक्तिले धम्काएको र परिवारको सदस्यलाई कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानमा सुरक्षाको माग गर्दै किटानी जाहेरी दिएका छन् । उनले धरान उपमहानगरपालिकाका वडा नं. ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले आफ्नो वडामा असुरक्षित भएको भन्दै उजुरी इलाका प्रहरी कार्यालय धरानमा उजुरी दर्ता गरेका हुन् । वडाअध्यक्ष लिम्बुले पूर्व वडाध्यक्ष सन्तोष लिम्बु र उनका दाजु जीवन लिम्बुले परिवारमाथि कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।

उनले दिएको उजुरीमा पूर्व वडाध्यक्ष र उनका दाजुले आफू घरमा नभएको समयमा आएर नारबाजी गर्ने, गाली गलौज गर्ने र घरका सदस्यमाथि नै कुटपिट गरेको जाहेरी दिएका छन् ।

उनी सहित १२ जनाले दिएको उजुरीमा–‘ म निवेदक जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. ५ को जनप्रतिनिधि वडाध्यक्ष हुँ, र आज मिति २०७९/१०/८ गते विहानको समयमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. ५ मा रहेको सरकारी जग्गामा बनेको संरचना नगरपालिकाको कार्यालय धरानले हटाएको विषयमा विपक्षीमध्येका सन्तोष लिम्बुको अगुवाईमा अन्दाजी ४०/४५ जनाको समूह बनी म काम विशेषले घर बाहिर गएको अवस्थामा विभिन्न खालका नाराबाजी तथा गाली गलौज गर्दै मेरो घरमा आइ मलाई घरमा नभेटाउदा मेरो घरमा रहेका घर परिवारका सदस्य समेतलाई कुटपिट गर्ने मलाई ज्यान मार्ने सम्मको धम्की दिई गएका हुँदा विपक्षीहरुले कुनै पनि समयमा म माथि कुनै पनि प्रकारको घट्ना घटाउन सक्ने हुँदा विपक्षीलाई पक्राउ गरी आवश्यक कारबाही गरी शान्ति सुरक्षा समेत दिलाउ पाउ’ भन्ने उल्लेख गरेका छन् ।

यस विषयमा इलाका प्रहरी कार्यालय धरानका डिएसपी बुद्ध श्रेष्ठले वडाध्यक्षले सुरक्षाको माग गर्दै उजुरी दिएको वास्तविक भएको बताए । उनले भने –‘वडाध्यक्षको घरमै गएर गालीगलौज गर्ने काम पूर्व वडाध्यक्ष सन्तोष लिम्बूले गरेको पाइयो । कुटपिटबाट उनका नजिकको नातापर्ने नवीन राईको टाउकोमा चोट लागेको छ । हामी कानुनी प्रक्रियाअनुसार अघि बढ्छौँ ।’ यता आरोपित सन्तोष लिम्बुले भने आफूले कसैलाई कुटपिट र धाकधम्की नदिएको बताएका छन् ।

उनले भने–‘मैले किन त्यसो गर्नु, कुनै सूचनाविना डोजर लगाएर घर भत्काएकोमा हामी आफै त्रसित छौ, अरुलाई त्रसित बनाउने कुरा गलत हो ।’

 

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

बालबालिकालाई सँस्कृत ...

धरान/ केही समय अगाडि महिलाहरुको अधिकार विषयमा सबै ...

दश प्रतिशत कमाई बुवा ...

सुनसरी/ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved