राष्ट्रव्यापी कविता प्रतियोगितामा महेश गुरुकुलका दुवाडी प्रथम

  • माघ ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान/राष्ट्रव्यापी कविता प्रतियोगितामा एस.आर.दुवाडीले प्रथम स्थान हासिल गरेका छन् । दुवाडीको राष्ट्रियता खातिर शीर्षकको कविता सर्वोत्कृष्ट भएको हो ।

कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औं जन्मजयन्तीका अवसरमा भएको प्रतियोगितामा गोरखा घर भएका तनहुँको देवघाटमा रहेको महेश संस्कृत गुरुकुलमा अध्ययनरत कवि दुवाडीको कविता प्रथम चरणबाट छानिएका १५ वटा कवितालाई जितेर सर्वप्रथम भएको हो ।

6

त्यसै गरी ललितपुरका नवराज आचार्यको फोन संवाद कविता द्वितीय, धरानका कवि तीर्थराज विश्वकर्माको खबर शीर्षकको कविता तृतीय र काभ्रेपलान्चोककी कवि अनिता धितालको फूलको अनुरोध कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो । विजयी कविहरूलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार एवम् ५ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कविता मूल्याङ्कनको निर्णायकमा साहित्यकार प्रह्लाद पहरेदार, सहप्रा.टेकनाथ घिमिरे र डा.जीवनकुमार राई रहेका थिए ।

4 1


3 1

2 1 धरान १ मा रहेको उद्योग वाणिज्य संघकाे सभाहलमा शनिबार स्रष्टासम्मान तथा खुल्ला कविता प्रतियोगिता कार्यक्रम सम्पन्न भएको हो । कवि शिरोमणि साहित्य साधना समाजको आयोजनामा सम्पन्न कार्यक्रममा विराटनगर निवासी साहित्यकार सोमराज अभयलाई शारा थापा स्मृति प्रतिष्ठानद्वारा स्थापित वेदकुमारी खड्गकुमार थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो । उक्त पुरस्कार प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडा र पुरस्कार आयोजक वीरेन्द्रसिंह थापाले संयुक्त रूपमा प्रदान गरेका थिए । यसैगरी पुरस्कार संस्थापिका श्रीमती अन्नपूर्णा वस्तीले झापा निवासी साहित्यसेवी कोमलप्रसाद पोखरेललाई प्रा.टीकाप्रसाद शर्मा वस्ती स्मृति पुरस्कार प्रदान गर्दै सम्मान गरेका थिए । दुवै जना स्रष्टाहरूलाई नगद रु. १० हजार, दोसल्ला एवम् सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको थियो ।

samman 2 2

 

samman 1 नेपालका विभिन्न क्षेत्रबाट कविहरूले पठाएका ६३ कवितामध्येबाट पहिलो चरणको छनोटमा परेका १५ कविताहरूमध्ये १३ जना कविहरूले कार्यक्रममा उपस्थित भई कविता सुनाएका थिए भने २ जना कवि अनुपस्थित रहेका थिए । समाजका अध्यक्ष सिद्धिकर्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहप्राध्यापक हरिप्रसाद दाहालले स्वागत मन्तव्यका साथ कविशिरोमणिको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रा.डा.माधवप्रसाद पोख्रेल, प्रा.डा.गोविन्द तुम्बाहाङ, प्रा.डा.टङ्कप्रसाद न्यौपाने, प्रा.डा.गोपाल भण्डारी, ने.सं.वि.राष्ट्रिय सांस्कृतिक केन्द्रका निर्देशक जर्मन चौधरी, साहित्यकार गोविन्द तिम्सिना, मुरारी भट्टराईलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा अप्रतियोगी कविहरू किरण सिवा, प्रदीप आचार्य, विजय घिमिरे, मच्चिन्द्र खत्री र शोभा कोइरालाले कविता सुनाएका थिए । कार्यक्रममा १५० साहित्यसेवीहरूको उपस्थिति रहेको थियो ।

यस समाजले पुरानो पुस्तालाई सम्मान : नयाँलाई प्रोत्साहन भन्ने नाराका साथ विगत दश वर्षदेखि स्रष्टा सम्मान एवम् खुल्ला कविता प्रतियोगिता कार्यक्रम सञ्चालन गर्दै आएको समाजका सचिव डा.महानन्द तिमिल्सिनाले बताए । कार्यक्रमको सञ्चालन डा.महानन्द तिमिल्सिना र डा.भवानीशङ्कर भट्टराईले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved