‘नो पार्किङ’ को बार्ड नै राखेर अभियान शुरु

  • माघ ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

मोरङ / पार्किङलाई व्यवस्थित बनाउन विराटनगर महानगरपालिकाले शनिमन्दिर–जलजलाचचोक सडकमा ‘नो पार्किङ’ को बोर्ड नै राखेर अभियान शुरु गरेको छ ।विराटनगरलाई व्यवस्थित बनाउने अभियानअन्तर्गत महानगरपालिकाले शनिमन्दिर–जलजलाचोकसम्मको क्षेत्रलाई पनि पार्किङ निषेधित (नो पार्किङ) क्षेत्र घोषणा यस अघि नै महानगरले गरेको थियो ।

जथाभावी पार्किङ गर्दा आवतजावतमा समेत समस्या देखिएपछि मुख्य सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको महानगरले जनाएको छ । पहिलो चरणमा जलजलाचोकदेखि अस्पताल चोकसम्मको सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिएको थियो । सो क्षेत्रको सवारी जलजला हल उत्तरमा रहेको जग्गामा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

त्यस्तै दोस्रो चरणमा शनिमन्दिरदेखि जलजलाचोक र शनिमन्दिर चोकदेखि महावीर रोडसम्मको सडकलाई पार्किङ निषेधित घोषणा गरिएको छ ।सो क्षेत्रको सवारी महावीर रोड उत्तर र शनिमन्दिर पूर्वमा रहेको जग्गामा पार्किङको व्यवस्था मिलाइएको महानगर प्रहरीका निरीक्षक राजन पौडेलले जानकारी दिए । विराटनगर क्षेत्र क्षेत्रका मुख्य सडकलाई पनि क्रमैसँग पार्किङ निषेधित क्षेत्र घोषणा गर्दै जाने महानगरको योजना रहेको छ

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved