उपचारमा सलग्न चिकित्सकलाई काम गर्न रोक तीन सदस्यीय छानविन समिति गठन

  • माघ ७, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/ विराटनगरको कोशी अस्पतालको आकष्मिक कक्षमा बुधबार भएको घट्नालाई लिएर अस्प्तालले उपचारमा संलग्न चिकित्सकलाई काम गर्न रोक लगाएको छ ।

१८ दिने शिशुको उपचारमा संलग्न रहेर्का मेडिकल अफिसर डाक्टर आकाश यादवसहित तीन जना स्वास्थ्यकर्मीलाई काम गर्न रोक लगाएको हो । छानविन समितिले वास्तविक प्रतिवेदन सार्वजनिक नगरिन्जेलसम्मका लागि यादवसहित अहेब लक्ष्मण माझी र टिका भण्डारीलाई काममा रोक लगाएको अस्पतालले जनाएको छ । यस विषयमा  चिकित्सकहरुलाइ स्पष्टीकरण सोधिएको समेत अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिएका छन् ।

बुधवार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म डा. यादव र अहेबद्वय माझी र अधिकारीको डियुटी रहेको थियो । मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए । उपचारमा संलग्न चिकित्सकहरुले जीवित बच्चालाई मृत्यु भएको घोषणा गरेपछि अस्पतालमा तनाव भएको थियो । सोही बेला अस्प्तालका मेडिकल अफिसर यादवमाथि आक्रमण भएको थियो ।

आक्रमणबाट यादवको टाउकोमा चोट लागेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको विराटनगरस्थित गोल्डेन अस्पतालको एन आइसियुमा राखेर उपचार भइरहेको जनाइएको छ ।उपचारमा संलग्न चिकित्सकहरुले उपचारका समयमा गरेको लापारबाहीका विषयमा अस्पतालले छानविन शुरु गरेको छ । यस विषयमा अस्पतालले घटनाको अनुसन्धान गर्न तीन सदस्य छानबिन समिति गठन गरेकोे छ।

अस्पतालका बालभोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति बिहीबार गठन भएको हो । समितिमा अन्य दुई जनामा बालभोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको अस्पताले जनाएको छ । गठन भएको छानबिन समितिले एक साताभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने भएको छ । कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले तीन सदस्यीय छानविन समिति गठन भएको छ, त्यसको सदस्यमा म पनि छु  एक साताभित्रमा हामीले वास्तविकता बुझी प्रतिवेदन बुझाउने छौं ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved