प्रतिनिधिसभाको सभामुखमा घिमिरे

  • माघ ७, २०७९
  • "कोशीपत्र/संवाददाता"
alt

धरान / विहीबार भएको प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका तर्फबाट उमेद्वारी दिएका देवराज घिमिरे निर्वाचित भएका छन् । घिमिरेले नेपाली काँग्रेसबाट उमेद्वारी दिएकी काँग्रेसकी साँसद इश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख बनेका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दा न्यौपानेले १ सय मत प्राप्त गरेकी थिइन निर्वाचित भएपछि घिमिरेले सभाको प्रतिनिधित्व राम्ररी गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भए लगत्तै बिहीबारै उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभालाई निष्पक्ष र तटस्थ भएर कार्यसम्पादन गर्ने बताएका थिए ।उनले भने सभामुख जस्तो गरिमाय पदको मर्यादालाई पालना गर्दै निष्पक्ष र तटस्थ भूमिकामा रहेर म कार्यसम्पादनमा लाग्छु। उनले विगतका सभामुखहरुले गरेको कार्यसम्पादनको ट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता समेत जनाए ।उनले भने, म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधिसभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु । विगतका सभामुखहरुको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।

कुनै दलको सभामुख नहुन न्यौपानेको आग्रह

सभामुखमा पराजित बनेकी नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले नवनिर्वाचित सभामुख घिमिरेलाई कुनै दल विशेषको सभामुख नबनी निष्पक्ष कार्य सम्पादन गर्न आग्रह गरेकी छन् ।निर्वाचन पश्चात संसदभवनबाट बाहिरिए पनि सञ्चारकर्मीहरुसँग न्यौपानले यस्तो धारणा राखेकी हुन् । उनले भनिन्स र्वप्रथम त उहाँलाई बधाई छ, सिंगो संसदको अभिभावक भएर कार्यसम्पादन गरिदिनुहोला ।’

उनले निर्वाचन अघि पार्टीको भएपनि सभामुखमा निर्वाचित भएपनि पार्टीको भन्ने नहुने बताउदै सिंगो संसदको प्रतिनिधित्व गरेर अघि बढ्न सुझाव समेत दिइन् । उनले भनिन्स रकारलाई संसदप्रति उतरदायी बनाउने कर्तव्य सभामुखको हो । संसदले पनि सरकारलाई सहयोग गर्ने वातावरणको सिर्जना गर्नका समन्वयकारी भूमिका निभाउनुपर्ने हुन्छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved