रोङको ब्रान्ड: गुन्द्रुकसिन्कीको सम्मान

  • माघ ९, २०७९
  • भगीरथ भण्डारी
alt

इलाम / हरेक किसानको करेसामा साग हुने गर्दछ । त्यो साग बजार सम्म पुर्‍याउन सके किन्नेको हारालुछ हुने गर्दछ । तर इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाउँदा गाई बस्तुलाई खुवाउने गरेका छन् । त्यो सागलाई सदुपयोग गर्न सके गुन्द्रुक बनाएर पनि सदुपयोग गर्न सकिन्छ ।

तर स्थानीय तहले किसानका उत्पादन प्रवद्र्धन गर्न नसक्दा हरेक किसानका घरमा उत्पादन हुने साग खेर गइरहेको छ । हरेक निर्वाचनमा तिनै किसानका उत्पादन बजारीकरण गर्छौ भनेर चुनाव जित्छन् र जिते पछि किसान प्रति कुनै योजना बन्दैनन् त्यसले गर्दा किसानका उत्पादन सदुपयोग हुन नसक्दा किसानको जीवनस्तर उक्सिन सकेको छैन ।

तर इलामको रोङ गाउँपालिकाले किसानको जीवनस्तर उकास्नका लागि स्थानीय उत्पादनलाई बजारपुर्‍याउनका लागि काम थालिसकेको छ ।
गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धन सुरु गरेको छ ।

पालिकाका अगुवा कृषकहरूलाई प्रदेश,पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बजारमा खपत हुने भइहाल्छ खपत नभए पनि साग र मूलालाई व्यवस्थापन गर्न गुन्द्रुक–सिन्की प्रवद्र्धन गर्ने कार्यक्रम सुरु भई सकेको रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।

उनले भने–‘ प्रत्येक कृषकले घरमा नै उत्पादन गरेको गुन्द्रुक र सिन्कीलाई आवश्यक बेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरेका हौँ, बजारमा बिक्री गरे बाहेक पनि पालिकाले कृषकलाई प्रतिकेजी ८० रुपैयाँ अनुदान सहयोग गर्नेछ ।’ गाउँपालिकाले शुरुवाति तीन महिना गुन्द्रुक–सिन्की लेबलिङका लागी फुड टेक्निसयन समेत नियुक्त गरी हाल ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पुर्‍याएको छ । देवान छाप साना किसान कृषि सहकारीले कार्यक्रम सञ्चालन गर्नेछ । ६७ लाख ८५ हजार रुपैयाँको कार्यक्रमका लागि स्विस सरकारले ३४ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराउनेछ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन् ।

देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ्ग, मार्केटिङ को सबै कार्य गर्ने रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बो सुवासले बताए । उनका अनुसार यस वर्ष कम्तीमा ३ सय र बढीमा १ हजार केजी उत्पादन गर्ने लक्ष्य रहेको छ ।

पहिला चरणमा ६० जना किसानहरूलाई सहभागी गराइएको छ भने आगामी वर्ष वृहत् गर्ने लक्ष्य रहेको छ । प्रदेश नम्बर १ को कृषि मन्त्रालय, गाउँपालिका र स्थानीय सहकारीको आर्थिक सहयोग र स्विस सरकारको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो । पहिला चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गरिने भएको छ । चालु आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको अध्यक्ष स्याङ्बोको भनाई छ ।

अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि ‘गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम आदरणीय गुन्द्रुक र आदरणीय सिन्की राखेर सम्मान दिने हो कि भन्ने विषयमा छलफल भइरहेको स्याङ्बोले बताए । उनले राष्ट्रिय सम्मान बोकेको वस्तुलाई सम्मान दिनका लागि अगाडी आदरणीय थप्ने भन्दै नेपालमा अहिले सम्म राष्ट्रिय तरकारीको रिसर्च नहुनु दुखद रहेको बताउदै यसको रिसर्च रोङ गाउँपालिका बाटै सुरु हुने स्याङ्बोको भनाई छ । पालिकाले हरेक वर्ष एक/दुई वटा उत्पादनलाई प्रवद्र्धन गर्ने गाउँपालिकाले लक्ष्य लिएको बताउँदै आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनले आत्मनिर्भर बनाएर निर्यात गर्ने योजनाका साथ काम गरिरहेको छ ।

चालू वर्षको नीति कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक पवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

‘उत्पादन पश्चात् सहकारी मार्फत सहज सञ्चालन गराउन एउटा कार्यविधि तयार हुँदैछ र विश्लेषण सहित गुन्द्रुकको ‘रणनीतिक व्यापार कार्य योजना’ तयार हुँदै गरेको अध्यक्षले जानकारी दिए ।’ उत्पादन पूर्वको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानीय सरकार बिच सहकारीपछि कृषि पशु कार्यक्रम गरिने र किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि ,पशु बिमा लागू गर्ने स्याङ्बोको भनाई छ ।
के हो गुन्द्रुक ?
गुन्द्रुक राष्ट्रिय तरकारी हो । राष्ट्रिय तरकारी भएर पनि सम्मान पाउन सकेको छैन । गुन्द्रुक दाभदायी सब्जीभित्रभित्र पर्ने गरे पनि यसलाई तल्लो सतरको तरकारीको रुपमा लिने गरिएको छ । गाउँघरतिर प्राय: सबैले गुन्द्रुक बनाएता पनि सहर बजारमा गुन्द्रुक के हो र कसरी बनाइन्छ भन्ने कमैलाई मात्र थाहा हुन्छ । हरेक किसानले साग रोप्ने गर्छन् त्यही सागलाई गुन्द्रुक बनाए वर्षैसम्म प्रयोग गर्न सकिन्छ । गुन्द्रुक रायोको साग, तोरीको साग, मुलाको साग आदिबाट बनाइन्छ र यसलाई तरकारीको रूपमा प्रयोग गर्ने गरिन्छ ।

छिप्पिएको रायो,तोरी,मूलाका पात टिपेर घाममा केही दिन सुकाइन्छ । त्यसलाई ढिकीमा अथवा मुसलले कुच्याईन्छ र गहिरो खाडल खनी खाडलमा आगो बालेर तताइन्छ । माटो नलागोस् भनेर वरिपरि बाँसका ढ्वाङ, पराल, प्लास्टिक कोदोको नल लगाएर बिचमा खाँदेर छोपिन्छ ।

थोरै साग हुँदा कहिलेकाहीँ भाँडा, सफा टिनमा पनि हाल्न सकिन्छ । लगाएको प्राय: २२–२५ दिनपछि यो अमिलो हुन्छ अनि बाहिर निकालिन्छ । निकालेर निकै दिन घाममा सुकाएर राखिन्छ । हावा नपस्ने गरी बिर्को लाएर कुनै बट्टामा राख्दा वर्षौँसम्म राख्न सकिन्छ र तरकारी र अचार बनाएर खाने गरिन्छ । सिन्की पनि गुन्द्रुक बनाए जसरी नै बनाइने गरिन्छ । सागबाट गुन्द्रुक बनाइन्छ भने मुलाबाट सिन्की बनाइन्छ ।

कुम्भ मेलामा सर्वसाध ...

धरान/ प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको ...

सुनसरीमा फर्सीखेतीबा ...

सुनसरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम ...

मतदान केन्द्रमा पठाइ ...

इलाम/ इलाम–२ को उपनिर्वाचन आउन तिन दिन ...

वराहक्षेत्र वडा नं. ...

बराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा ९ मा चालु आ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved