नगरपालिकाको कुल बजेटको २८.३५ प्रतिशत खर्च

  • माघ ९, २०७९
  • कोशीपत्र/संवाददाता
alt

बराहक्षेत्र / बराहक्षेत्र नगरपालिकाले कुल बजेटको २८.३५ खर्च गरेको विवरण प्रस्तुत गरेको छ । एघारौ नगरसभामा खर्च विवरण प्रस्तुत गर्दै खेलक्षेत्रमा योगदान पुर्‍याएका १८ जना खेलाडीहरुलाई समेत सम्मान गरेको छ ।

शनिबार बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष ०७९/०८० का लागि १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँको पुरक बजेट सार्वजनिक गरेको थियो ।
नगर सभामा नगर उप–प्रमुख नन्दुकुमारी सुनुवारले आर्थिक बर्ष २०७९/०८० को (संशोधित सहित ) बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रस्तुत बजेटमा कृषि पर्यटन र पूर्वाधारमा जोड दिइएको थियो।

प्रस्तुत बजेटमा आर्थिक वर्ष ०७९/०८० को लागि नगरपालिकाले आन्तरिक आय ( गत वर्षको मौज्दात समेत ) २५ करोड, नगरपालिकाको सबैभन्दा ठुलो आम्दानीको श्रोतमा संघीय सरकारबाट आउने सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानिकरण अनुदान संघ २१ करोड ४८ लाख यथार्थ बित्तिय समिकरण अनुदान प्रदेश १ करोड २० लाख, राजश्व बाँडफाट संघ १५ करोड ९४ लाख २३ हजार , प्रादेशिक सशर्त अनुदान ६१ लाख २३ हजार , समपुरक अनुदान प्रदेश १ करोड , प्रदेश राजश्व बाडफाट ९१ लाख ७५ हजार ९ सय ३० रुपैयाँ गरेर १ अर्व ७ करोड ४२ लाख ४१ हजार ९ सय ३० रुपैयाँ बजेट सार्वजनिक गरिएको थियो ।

कुल बजेट मध्येबाट आर्थिक विकास ४ करोड ५६ लाख २७ हजार १ सय ३० रुपैयाँ , सामाजिक विकास ४६ करोड ५७ लाख ३९ हजार ८ सय, पुर्वाधार विकास ३६ करोड ८१ लाख ८० हजार, सुशासन तथा अन्तरसम्बन्धि क्षेत्र २ करोड ६० लाख ४५ हजार र कार्यालय सञ्चालन तथा प्रशाशनिक १६ करोड ८६ लाख ५० हजार विनियोजन भएको छ । जसमा नगरपालिकाले २०७९ पौष मसान्तसम्म जम्मा खर्च ३० करोड ४५ लाख ९० हजार ८ सय ९४ रुपैया ३६ पैसा जम्मा खर्च भएको जनाएको छ ।

जस अन्तर्गत आर्थिक विकास ४७ लाख ६७ हजार २सय ८८ रुपैया, सामाजिक बिकास तर्फ १७ करोड १४ लाख २९ हजार ९९ सय , पुर्बाधार बिकास तर्फ ३ करोड ६९ लाख ८५ हजार ४ सय ३३ रुपैया , सुशासन तथा अन्तर सम्बन्धित ५७ लाख ८९ हजार १ सय ६७ रुपैया , कार्यालय सञ्चालन तथा प्रशासनिक ८ करोड ५६ लाख १९ हजार ९ सय खर्च भइ कुल बजेटको २८.३५ प्रतिशत खर्च भएको खर्च विवरण उपमेयर सुनुवाईले सार्वजनिक गरेकी थिइन् ।

एम्समा सांस्कृतिक का ...

धरान/धरानस्थित एम्स एकेडेमीमा पाँचौँ ‘एम्स कल्चरल ...

किसान कृषि यान्त्रि ...

खोटाङ / (रासस) प्रधानमन्त्री कृषि आधुनिकीकरण परियो ...

मेयर कोइराला र अमेरि ...

मोरङ / नेपालका लागि अमेरिकाका राजदूत डिन आर थोम्सनले वि ...

सामुदायिक विद्यालय ...

धरान–१६ मा ४९ वर्षअघि स्थापना भएको पञ्चायत आधारभू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2023 - Koshipatra.com All rights reserved