निर्वाचनलाई स्वच्छ बनाऊँ (सम्पादकीय)

  • कार्तिक २४, २०७९
  • कोशीपत्र/संवाददाता
alt

मतदाताहरूमा खासै आकर्षण नदेखिए पनि देश आम निर्वाचनको मुखैमा उभिएको छ । राजनीतिक दल र उम्मेदवारहरू मतदातालाई आपूmतर्पm आकर्षित गर्न सक्दो प्रयास गरिरहेका छन् । यस क्रममा कतिपय स्थानमा दल र उम्मेदवारहरूले निर्वाचन आचार संहिता पनि उल्लङ्घन गरिरहेको जनगुनासो सुन्न थालिएको छ । राजनीतिक दल र उम्मेदवारहरूका कारण निर्वाचन निरन्तर महङ्गो हुँदै गएको छ । अहिलेको निर्वाचन खर्च जुनसुकै उम्मेदवारले धान्न नसक्ने अवस्था सिर्जना भएको छ । कतिपय व्यक्तिले आर्थिक अवस्थाकै कारण उम्मेदवार बन्न नसक्ने अवस्था आएको छ ।

हुन त पछिल्लो समयमा निर्वाचन आयोगले कडाइ गर्दा देखिने खर्चमा कमी आएको यथार्थलाई अस्वीकार गर्न सकिँदैन । अहिले पम्प्लेट र पोस्टर छाप्न निषेध गरिएको छ । पहिले भित्ता नै फोहोर बनाउने गरी पोस्टर टाँस्ने गरिन्थ्यो तर अहिले त्यस्तो छैन । पोस्टर छपाइ र टाँस्ने क्रममा निकै खर्च हुन्थ्यो । सभा–जुलुसमा पनि आयोगले धेरै नियन्त्रण गरेको छ । यसले पनि धेरै अर्थमा निर्वाचन खर्च घटाएको छ । यति हुँदा हुँदै पनि निर्वाचनमा उम्मेदवार हुनु चानचुने विषय होइन । अहिले निर्वाचनमा करोडौँ रुपैयाँ खर्च हुन्छ । मतदाताहरूको किनबेचसम्म पनि हुने गरेको छ । कार्यकर्ता र सहयोगीहरूलाई मासु–रक्सी खुवाउनुपर्ने र रकमसमेत बाँड्नुपर्ने विकृतिले निर्वाचनलाई गाँजेको छ ।

यस्ता विकृतिले निर्वाचनलाई अमर्यादित बनाएको छ । यसले लोकतन्त्रको विशेषतालाई पनि कमजोर बनाएको छ । नागरिकहरूबाट छानिने असल जनप्रतिनिधिहरूले शासन सञ्चालन गर्ने व्यवस्था नै लोकतन्त्र हो तर विकृत निर्वाचन प्रणालीका कारण असल जनप्रतिनिधि छानिने सम्भावना कम हुन्छ । अर्कोतर्पm, अनावश्यक खर्च गरेर निर्वाचनमा विजयी हुने जनप्रतिनिधिले भ्रष्टाचार गर्ने निश्चित छ । सर्वसाधारणहरू पनि सचेत हुनु आवश्यक छ । सर्वसाधारणले कसैको प्रलोभनमा नपरी स्वविवेकको प्रयोग गर्नुपर्छ । असल, इमानदार र कर्तव्यनिष्ठ व्यक्तिलाई आप्mना जनप्रतिनिधि छान्नुपर्छ ।
त्यसकारण यस्ता विषयमा निर्वाचन आयोग सजग र चनाखो हुनु आवश्यक छ । मतदातालाई प्रलोभनमा पार्न दल र उम्मेवारहरूले पूरा हुनै नसक्ने आश्वासन बाँड्ने गरेका छन् । सोझासीधा नागरिकहरूलाई झुक्याएर मत तान्ने अवस्था रोकिनुपर्छ । यसका लागि निर्वाचन आयोग बढी सक्रिय हुनुपर्छ । त्यसो त पछिल्लो समय आयोगले आचार संहिता पालनामा कडाइ गरेको देखिन्छ । आचार संहिता पालना गराउँदा आयोग पनि संयमित हुनुपर्छ । हतारमा निर्णय गर्दा आयोग नै विवादमा पर्न सक्छ । यसतर्पm पनि ध्यान दिनुपर्छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउनु सबैको कर्तव्य हो ।

कुम्भ मेलाको समयमा प ...

धरान/ अहिले चतरामा १२ बर्षे पिण्डेश्वर पूर्ण महाकु ...

धनकुटामा सम्पन्न गोल ...

धरान/ धनकुटामा सम्पन्न साँतौ खादल सिंहदेवी गोल्डकप ...

इलामको विकासको जिम्म ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फाल्ग ...

सुनाखरी एकेडेमीका कक ...

धरान/  धरान-१२ चतरालाईन स्थित सुनाखरी एकेडेमी बाट ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved