नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनीद्धारा ७ लाखको कोष स्थापना "अनुशासित मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवृति"

  • माघ २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

वुटवल । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेश कमिटीले अग्रज मजदुरलाई सम्मान र मजदुरका छोराछोरीलाई छात्रवेतिका लागि ७ लाखको कोष स्थापना गरेकोछ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशको शुक्रबार सम्पन्न योजना बैठक मार्फत कोषका लागि रकम विनियोजन गरेको हो ।

विनियोजित रकमबाट प्राप्त व्याजबाट अग्रज यातायात मजदुरहरुलाई सम्मान र यातायात मजदुरका छोराछोरीहरुलाई छात्रवृति प्रदान गर्न कोष स्थापना गरिएको संगठनका लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीले जानकारी गराउनुभयो ।

पुराना, इमान्दार र अनुशासित मजदुरहरुलाई सम्मान गर्ने, यातायात मजदुरका छोराछोरीलाई शिक्षामा सहयोग गर्ने र मजदुरका काममा निरन्तर काम गर्ने कुशल संगठकहरु मध्येबाट छनौट गरी सम्मान गर्ने उदेश्यले केन्द्रीय कमिटीले विनियम निर्माण गरेर देशभरका कमिटीहरुलाई निर्देशन गरिए बमोजिम लुम्बिनीले उक्त कोष स्थापनाका लागि योजना बैठकका प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सुझाएपछि कोष स्थापना भएको हो ।

अग्रज र अनुशासित मजदुरहरुलाई सम्मान र मजदुरहरुका छोराछोरीहरुलाई पठनपाठनमा संगठनको निजी स्रोतबाट सहयोग गरिएकाले संगठन केन्द्रीय कमिटीले योजना बनाएरै देशैभरीका कमिटीहरुलाई कोष स्थापनामा आह्वान गरिएको संगठनका अध्यक्ष भीमज्वाला राईले बताउनुभयो ।

1 yatayat श्रमिकहरु कार्यरत स्थानमै पुगेर सहयोग गर्ने र संगठनमा संलग्न गराउने उदेश्य सहित आगामी चैतसम्मका लागि संगठन विस्तार र परिचालन योजना संगठनका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेले प्रस्तुत गर्नुभएको बैठकमा संगठनका केन्द्रीय महासचिव केशवबहादुर थापा (निरु) ले देशभरी सञ्चालन भइरहेको अभियानको समिक्षा प्रस्तुत गर्नुभएको थियो । प्रदेश अध्यक्ष मोहन केसीको अध्यक्षमा भएको बैठकको सञ्चालन सचिव हुमबहादुर क्षेत्रीले गर्नुभएको थियो ।

सुउवासंघमा गोपाल र श ...

धरान । सुनसरी उद्योग वाणिज्य संघ,धरानको आगामी असार ३० ग ...

पव्लिकको प्रवेश परीक ...

धरान । धरानको सामुदायिक विद्यालय मध्येकै उत्कृष्ट मानिए ...

अमेरिकी बजारमा नेपाल ...

धरान । नेपालमा उत्पादन भएको छुर्पी अमेरिका सम्म निर्यात ...

धरान वडा नम्बर ९ बाल ...

धरान । धरान उपमहानगरपालिकाले हालै आफ्ना २० वटै वडामध्ये ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved