लायन्स क्लब अफ विजयपुरद्वारा मजदुर प्याकुरेललाई सहयोग

  • माघ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका पुण्य प्याकुरेलको जीवनयावत सहजताका लागि लायन्स क्लब अफ धरान विजयपुरले भान्सा कोठा निर्माण गरिदिएको छ । विगतमा समेत सहयोग जुटाएर घर निर्माण सम्पन्न भएको थियो ।

अहिले पुनः सहयोग मार्फत भान्सा कोठा निर्माण गरिएको हो ।
उनको भान्सा कोठा लायन्स क्लब अफ धरान विजयपुरले बनाइदिएको हो । १ लाख दश रुपैयाको लागतमा क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा निर्माण गरी उक्त कोठा प्याकुरेलको परिवारलाई हस्तान्तरण गरिएको हो ।

क्लबले शुरुदेखि विभिन्न सहयोग पु¥याउदै आएको थियो । घाइते प्याकुरेललाई लाग्ने सम्पूर्ण औषधि, लत्ता कपडा, खाद्यान्न लगायतका सामाग्री निरन्तर सहयोग गर्दे आएको क्लबले पछिल्लो समय क्लबकी अध्यक्ष उमा ताम्राकारले व्यक्तिगत रुपमा भान्सा कोठा निर्माण गरिदिएकी हुन् । घर निर्माण सम्पन्न भएपनि भान्सा कोठाको अभावको महसुस भएपछि भान्साकोठा निर्माण गरिदिएको ताम्राकार बताउछिन् ।

सो अवसरमा लायन्स क्लबका डिष्ट्रिक शिवहरी शर्माले गरिब तथा असहायलाई यस प्रकारको सहयोग पु¥याएकोले क्लबलाई धन्यवाद दिएका थिए । मानवीय सेवामा सधै लायन्स समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सहयोगपछि प्याकुरेलका परिवार धेरै खुशी भएका छन् । विगतदेखि नै विभिन्न प्रकारको सहयोग पु¥याउदै आएको क्लबले पछिल्लो समय भान्छा कोठा निर्माण गरिएकोमा घाइते मजदुर प्याकुरेलले क्लबका सबै परिवारलाई धन्यवाद दिए ।

धरान १५ महादेवचौकका पुण्य प्याकुरले मजदुरको काम गर्थेे । नौ बर्ष अगाडि दुर्घटनामा परी घाइते हुनु भएका प्याकुरेलको दिनचर्या अहिले पनि ओछ्यानमै वित्छ । मजदुर गरेर परिवार पाल्दै आउनु भएका प्याकुरेलको परिवार अहिले सहयोगमा भरमा चल्दै आएको छ ।

धरानको केटु फेन्सी स्टोरमा मजदुरीको काम गरेर धरान १५ महादेव चौक डेरामा फर्कने क्रममा नौ बर्ष अगाडि प्याकुरले चढेको टेम्पोलाई बसले ठक्कर दिएको थियो । अरु सामान्य उपचारपश्चात घर फर्किए पनि प्याकुरकोे मेरुदण्ड (स्पाइनल कर्ड) भाँचियो ।

दुर्घटनामा परेपछि मजदुरी गरेर जेनतेन परिवार पाल्दै आएका याकुरेलको जीवनयापनमा समस्या परेको थियो ।

घाइते प्याकुरेलकोे परिवारमा एक श्रीमती, एक छोरा र एक छोरी छन् ।

अर्थिक अवस्था कमजोर रहेकै कारण परिवारको लालनपोषसँगै बालबच्चाको शिक्षामा समेत समस्या छ ।

घाइते प्याकुरेलाई जीवनयावनमा सहज होस् भन्ने उद्देश्यले नौ बर्ष अगाडि मजदुर र पत्रकार मिलेर सहयोग रकम जुटाएर घर निर्माण गरिएको थियो । घाइते प्याकुरेलको स्वास्थ्यमा सुधार नआएकै कारण अहिले पनि उनको परिवार सहयोगकै भरमा सञ्चालन भइरहेको छ ।

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सामाजिक स्वास्थ्य क् ...

धरान/  विगत ३ वर्षदेखि आयोजना हु“दै आएक ...

सार्वजनिक सम्पत्ति ...

धरान–१४ स्थित दुई धारेबाट दक्षिणतर्पm रहेको नरसिं ...

दिल्लीको होटलबाट ओखल ...

धरान/  दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved