धरान आदर्शले आयोजना गर्‍यो म्याराथुन दौड

  • माघ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान आदर्श माविले मिनी मेराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । साप्ताहिक खेलकुद कार्यक्रम अन्तर्गत मिनी म्याराथुन दौडको आयोजना गरिएको हो ।

धरान १ मा रहेको धरान आदर्श माविले साप्ताहव्यापी खेलकुद कार्यक्रम अन्तर्गत वुधबार म्याराथुन दौड प्रतियोगिताको आयोजना गरेको छ । कक्षा ११ र १२ का विद्यार्थीहरुलाई सहभागी गराई धरान १२ भानुचौकबाट विभिन्न स्थान पुगेर दौड कलेजमा आएर सम्पन्न गरिएको थियो ।

कक्षा ११ र १२ मा अध्ययरत करिब १ सय देखि १५० जना छात्र तथा छात्राहरुको दौडमा सहभागिता रहेको थियो ।

पछिल्लो समय हरेक विद्यालयले पढाईसँगै खेलकुदका कार्यक्रमलाई समेत समावेश गर्दै लगेका छन् ।

धरानमा रहेका प्रत्येक विद्यालयले अहिले खेललाई समेत प्राथमिकता दिने क्रममा साताव्यापी खेलकुदका कार्यक्रमको आयोजना गर्ने गर्छन् ।

यसैक्रममा आदर्श माविले पनि साताव्यापी कार्यक्रम अन्तर्गत भविवल, फुटबल, बास्केटबल, टेवुलटेनिस, चेस लगायतका गेमहरुमा प्रतिष्पर्धा गराएको थियो ।

पढाईका अलावा खेलकुदका गतिविधिलाई पनि समावेश गर्ने कलेजकोनीति अनुरुप साताव्यापी खेलकुद कार्यक्रमको आयोजना गरिएको कलेजका प्राचार्य लोकेन्द्र श्रेष्ठ बताए ।

शारीरिक तथा मानसिक दन्तरुस्त राख्दै खेलकुदबाट भविष्य खोज्ने विद्यार्थीहरुलाई लक्षित गरी खेलकुदका गतिविधि समेत समावेश गरिएको उनले बताए

खेलकुदका गतिविधिमा विद्यार्थीहरुको रुचि पनि अत्याधिक पाइएको छ । मानसिक थकानले पढाइमा बाधा पुग्ने भएकोले समय समयमा राखिएका खेलकुदका कार्यक्रमले तन्दरुस्त बनाउने गरेको विद्यार्थीहरुले बताएका छन् ।

आन्तरिक प्रतिष्पर्धामा राम्रो गर्न सकिएको खण्डमा विद्यालयकै तर्फबाट अन्तर विद्यालय प्रतियोगितामा पनि सहभागी हुन पाउने भएकोले यस्ता खेलकुदका कार्यक्रमले विद्यार्थीको वृत्ति विकासमा सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन् ।

पछिल्लो समय अधिकांश विद्यालयले शैक्षिक गतिविधिलाई निरन्तता दिँदै खेलकुदका गतिविधि समेत समावेश गर्देै लाने गरेका छन् ।

यस्ता गतिविधिप्रति विद्यार्थीका अभिभावकहरुसमेत सकारात्मक देखिने गरेका छन् ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved