अदालतको आदेश पछि पनि बीपीमा आन्दोलतरपक्ष काममा फर्किएनन् निमित्त उपकुलपतिको अपिलमा विश्वास नभएको उनीहरुको तर्क

  • माघ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विराटनगरको उच्च अदालतले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन रोकिएको छैन ।

बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खुले पनि शिक्षक तथा कर्मचारीहरु नै एक मत नहुदा आन्दोलन नरोकिएको हो ।

बढुवा प्रक्रिया विरुद्ध परेको मुद्दामा न्यायाधिश विपुल न्यौपाने र सुर्यनाथ प्रकाश अधिकारीको इजलाशले बुधबार आन्तरिम बढुवा सम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको हठर गरेको थियोे ।

उक्त इजलाशले प्रचलित कानुन वमोजिमको मापदण्ड एवं प्रक्रिया पुरा गरेर नियमित एवं आवधिकरुपमा गरिने आन्तरिम बढुवा सम्बन्धी कारबाहीलाई रोक्न सुविधा सन्तुलनको दृष्टिकोणले उपयुक्त नहुने जनाएको छ ।

प्रतिष्ठानको नियमावली २०५५ को नियम१२.३ ले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको बढुवा सम्बन्धी अधिकार उपकुलपतिको अध्यक्षतामा गठित छनौट समितिलाई दिएको देखिएको पनि आदेशमा उल्लेख छ ।

यद्यपी, अदालतले आन्तरिम बढुवा, स्तरवृद्धिबाहेक रिक्त रहेको दरबन्दीमा शुरु भर्ना वा स्थायी नियुक्ती गर्दा प्रचिलत ऐन, नियमावली,

स्वीकृत नीति, मापदण्ड एवं लोकसेवा आयोगको सामान्य सिद्धान्तल विपरीत हुने गरी तथा लोक सेवा आयोगको सहभागिता नगराई नयाँ भर्ना वा नियुक्ती नगर्न, नगराउन मुद्दाको टुंगो नलागेसम्म अन्तरिम आदेश दिएको छ ।

अदालतले दिएको आदेशप्रति भन्दा पनि आन्दोलतरपक्षले निमित्त उपकुलपति प्रा.डा. प्रहलाद कार्कीप्रति विश्वस्त हुन नसकेको बताएका थिए ।

फैसला अघि काठमाण्डौ पुगेका निमित्त उपकुलपति प्रा.डा. कार्कीले अदालतको फैसलालाई आफूले सर्वमान्य ठानेको भन्दै तत्काल यसको समाधान गर्ने अपिल शिक्षक तथा कर्मचारीलाई पठाए पनि ‘तत्काल’ भन्ने कुराले आशंका जन्माएको बताएका थिए ।

आन्दोलित पक्ष शिक्षक कल्याण समाजका अध्यक्ष डा. सेरोज अलि खानले विगतमा पौष २ देखि १५ गतेसम्म प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको र सहमतिमा निमित्त उपकुलपतिले हस्ताक्षर समेत गरेको अवस्थामा पनि बढुवा प्रक्रिया सुचारु नभएको फेहिरिस्त सुनाउनले अहिले अदालतको आदेशपछि आएको ‘तत्काल’ भन्ने शब्दले आफूहरुलाई आशंका बढाएको भन्दै प्रक्रिया अगाढि नबढ्न् कुरामा आशंका पैदा भएको बताए ।

उनले मिति तोकेर बढुवा प्रक्रियालाई अगाडि बढाउने कुरा अपिलमा जोड दिए ।

यसै विषयमा शिक्षक कल्याण समाजले विज्ञप्ती समेत प्रकाशित गरिसकेको छ ।

प्रकाशित विज्ञप्तीमा गत बर्षको पौष २० र माघ २५ को विज्ञापन अनुसार रोकिएको बढुवा प्रक्रियालाई सुचारु गर्न कुनै बाधा अड्चन नभएको भन्नी उच्च अदालत विराटनगरले दिएको अन्तरिम आदेशपश्चात पनि निमित्त उपकुलपतिबाट विश्वस्त हुने कुनै आधार प्रस्तुत नगरेकाले बढुवाको तालिका प्रकाशित गरी कार्यकारणी वैठकबाट पास नहुन्जेलसम्म भद्र अवज्ञा आन्दोलत जारी रहने जनाइएको छ ।

अदालतको अन्तरिम आदेश र निमित्त उपकुलपति प्रा.डा. कार्कीको अपिलमा कर्मचारी कल्याण समाजले भने केही प्रतिक्रिया दिएको छैन । आन्दोलतरतपक्ष शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजको छलफल चलिरहेकोले यस विषयमा छलफलपछिमात्र बताउने कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले बताइन् ।

आन्दोलनले शैक्षिक गतिविधि नै ठप्प भएको र आफूहरुको भविष्य अन्यौलतातर्फ धकेलिएको भन्दै गत शुक्रबारबाट प्रतिष्ठानको उपकुलपतिको कार्यालय अगाडि रिले अनसन बसेका विद्यार्थीरुले भने अदालतको फैसला र निमित्त उपकुलपति कार्कीको अपिलको आधारमा आधारमा शैक्षिक गतिविधि सुचारु गर्नुपर्ने बताउदै आएको छ ।

विद्यार्थी कल्याण समाजका अध्यक्ष डा. आम शान्ति रजकले आन्दोलत चले पनि नचले पनि शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताए । उनले जबसम्ब शैक्षिक गतिविधि सञ्चालन हुदैन तबसम्म आफूहरुको अनसन जारी रहने चेतावनी समेत दिए ।

प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा पौष २९ गतेदेखि निरन्तर आन्दोलत चलाएका छन् ।

आन्दोलन भएको आज २६ दिन वितिसक्दा पनि प्रतिष्ठानको आन्दोलनको निकास निस्कन सकेको छैन । अहिले आन्दोलरतपक्षबीच अदालतको अन्तरिम आदेशले बाटो खुलाए पनि निमित्त उपकुलपति प्रा.डा.को अपिल अस्पष्ट रुपमा आएकोप्रतिहरु आक्रोसित बनेका हुन् ।

यस विषयमा दुवै पक्षबीच छलफल जारी छ । आन्दोलनले गर्दा प्रतिष्ठानको ओपिडी समेत आंशिक सञ्चालन छ भने शैक्षिक गतिविधि ठप्प छ ।

यसले विद्यार्थीको भविष्यमाथि नै प्रश्नचिन्ह खडा भएको छ भने विरामीले समेत राम्ररी उपचार पाउन सकेका छैनन् । यो सबै गतिविधि नहुदा प्रतिष्ठान चलायमान छैन जसले गर्दा प्रतिष्ठानको अरबौ आम्दानी गुमेको अवस्था छ ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved