चौविसे गाउपालिकाका महिलाले अचारपाई ब्राण्डेड गर्दै

  • माघ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धनकुटा/ धनकुटाको चौवीसे गाउँपालिकाका महिलाहरुले आफूले उत्पादन गरेको अचार ब्राण्डेड गर्ने अभियानमा जुटेका छ । गाउँपालिकाको अभियान अन्तर्गत उनीहरुले आफूले उत्पादन गरेको अचारलाई ब्राण्डेड बनाउने अभियानम लाग्ने भएका हुन् ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा भ्रमणमा आउने पर्यटकलाई अचार कोसेली प्रदान गर्ने लक्ष्य लिएको छ ।

महिलाहरुको सोचलाई गाउँपालिकाले सार्थकता प्रदान गर्ने २४ जना एकल महिलालाई पाँचदिने अचार बनाउने तालिम प्रदान समेत गरेको छ ।

सहभागीहरुलाई विभिन्न प्रकारका अचार बनाउने तालिम दिइएको सहकार्य संस्थाकी अध्यक्ष हिमा चेम्जोङ्गले जानकारी दिइन् ।

उनले भनिन्–‘यो तालिम पश्चात महिलाहरुले घरमै विभिन्न आइटमका अचार उत्पादन गर्न सक्छन्, उत्पादन गरेको अचारबाट उनीहरु आत्मनिर्भर बन्न मद्धछ पुग्नेछ ।’ उनले महिलाहरुले घुम्न आएका पर्यटकलाई अचार कोसेली दिने सोच बनाएकोप्रति सकारात्मक सोच भएको बताइन् ।

उद्यमी विष्णुमायाँ कन्दङवाले सुकुटी बनाउन सहित मूला, गाजर, काउली, बन्दालगायत तरकारीबाट अचार बनाउन प्रशिक्षण प्रदान गरेकी छन् ।

गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बूले पालिका भ्रमणमा आउने पर्यटकलाई कोसेली अचार प्रदान गर्न तालिम प्रदान गर्न थालिएको बताए ।

यसका लागि पालिकाले पालिकाको केन्द्र राजारानी बजारमा कोसेली घर सञ्चालनमा ल्याउन लागेको उनले जानकारी दिए ।

उनले भने “यसले एकल महिलाको जीवनस्तर उकास्न महत्वपूर्ण सहयोग त पुग्नेछ नै महिलाहरुको आर्थिक अवस्था समेत सुढृद भएर जानेछ ।’

पर्यटकीय नगरी धनकुटाको भेडेटारबाट पाँचथरसम्मको एक सय किलो मिटर भेडेटार–रवी–राँके राजमार्ग कालोपत्रका लागि तीव्ररुपमा काम भइरहेको बताउदै सडक पूरा भएपछि यस क्षेत्रमा आउने पर्यटकको आवागमनलाई लक्षित गरेर कोसेली अचारको कार्यक्रम सुरु गर्न लक्ष्य अनुरुप महिलालाई तालिम दिएको अध्यक्ष लिम्बूले जानकारी दिए ।

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved