बजेट अभावकै कारण तमोर करिडोरको कालोपत्रे काम रोकियो

  • माघ २५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/ पूर्वी पहाडलाई तराईसँग जोड्ने मात्र नभई भारत र चीन जोड्न् सबैभन्दा छोटो मार्ग तमोर करिडोर रहेको छ ।

राष्ट्रिय गौरवको यो आयोजना अहिले कालोपत्रे गर्ने चरणमा छ तर यो आयोजनालाई कालोपत्रे गर्न बजेट अभाव हुँदा काम समेत प्रभावित हुन थालेको छ ।

सुनसरीको चतराबाट धनकुटा हुदै पाँचथरसम्मकाृे १ सय ५५ किमी दूरीमध्ये ठेक्का लागेको ठेक्का लागेको धनकुटाको मुलघाटबाट पाँचथरखण्डका लागि बजेट बजेट अभाव भएको हो । सडकको ११२ किमी सडक कालोपत्रेका लागि भएपनि २०७९ कार्तिकमा ४ अर्ब १६ करोड रुपैयमा ठेक्का लागेको थियो ।

यो सडक सडक स्तरोन्नति गर्न गत बर्ष ४८ करोडको काम भएको थियो ।

यो आर्थिक बर्षमा ५८ करोड विनियोजन भएको छ । जसमा पुस मसान्तसम्म ४० करोड सकिएर १८ करोड रुपैयामात्र बाँकी रहेको छ ।

निर्माण व्यवसायीलाई काम गरेको रकम वापत २५ करोड रुपैया भुक्तानी हुन बाँकी रहेको तमोर करिडोर आयोजनाका प्रमुख प्रदिप निरौला बताउँछन् ।

उनी भन्छन्–‘हाम्रो यो करिब ४ अर्बको प्रोजेक्ट हो, अहिले दोस्रो् बर्षमा रनिङ भइरहेको छ, धेरै बजेट आवश्यकता छ अहिले, यो बर्षमात्र करिब २ अर्ब हाराहारीमा हामीलाई बजेट चाहिन्छ, तर यो बर्ष ५८ करोडमात्र विनियोजन भएको छ, त्यो बराबरको काम भइसकेको छ, अब बजेट भएन भने निर्माण कार्य रोकिन्छ ।’

करिडोरको मुलघाटदेखि नावाखोला सम्मको २८ किलोमिटरसम्ममा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ ।

सम्झौता अनुसार बजेट उपलब्ध नगराउँदा मजदुरलाई भुक्तानी दिन समस्या हुन थालेको छ । सँझौता अनुसार भुक्तानी नभए काम रोकिन सक्ने रौताहा क्षमादेवी कन्ट्रक्सनका व्यवस्थापक अजन दाहाल बताउँछन् ।

उनले भने–‘अहिले मजदुरको भुक्तानीमा समस्या भएको छ, बजेटको अभावका कारण समस्या भएको हो, बजेटले नै सबै कुरा हुने भएकोले बजेट हुन्जेल काम अगाडि बढ्न त्यसपछि अवस्यै नै रोकिन्छ ।’
धनकुटाको मुलघाटदेखि तमोर नदीको किनारैकिनार करिब १८० किमी तथा विराटनगरको रानीदेखि चीनसँगको सीमानासम्मको लम्बाई २७० किमी छ ।

पाँचथरदेखि इलाम हुदै तराई पुग्न ६ घण्टा तथा ताप्लेजुङबाट ८ घण्टा लाग्ने गरेकोमा सडकको ट्रयाक खुलेसँगै अहिले पाँथरबाट तीन र ताप्लेजुङबाट चार घण्टामा तराई पुग्न सकिन्छ ।

मेची राजमार्गबाट तराई झर्दा भन्दा यो मार्गबाट आधाभन्दा बढी छोटो दूरी तय गरे पनि तराई पुगिन्छ ।

त्यसैगरी तेह्रथुम र धनकुटाका बासिन्दालाई यो मार्गले सहजता प्रदान गर्ने बताइएको छ ।

आर्थिक अभाव तथा आयोजनाको समस्याका बारेमा सरकार वा मन्त्रालयलाई जानकारी गराउने तयारी गरिएको जिल्ला समन्वय समिति धनकुटाका संयोजक निरन तामाङ बताउँछन् । उनले भने–‘काम तिब्र गतिमै भइरहेको छ, बीचबीचमा विभिन्न कारणले काममा बाधा भइरहेको छ,

यसलाई सहजीकरण गर्ने र समन्वय गर्नै काममा हामी लागेका छौं, ।

उनले समयमै निर्माण सम्पन्न गर्ने कुरामा आफूहरुको पहल कदमी हुने बताए ।

उनले भने–‘सम्बन्धित पक्षले बजेट नपठाएको अवस्थामा बजेट आपूर्तिका लागि हामीले सम्बन्धित पक्षमा पहल कदमी गर्ने कामलाई निरन्तता दिइरहेका छौैं ।’

भारतको जोगबनीबाट तमोर नदीको किनार हुदै चीनको तिब्बतलाई जोड्न २०६७ सालमा यो योजना शुरु गरिएको थियो ।

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved