चतराधाममा सरसफाई, झाडु बोकेर निस्किए मेयर र जगदगुरु

  • माघ २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt - संगम विष्ट

वराहक्षेत्र/ आगमि चैत्र – २७ गतेदेखि १ महिनासम्म वराहक्षेत्र नगरपालिका वडा नं १ चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई सफल बनाउन नगर प्रमुख रमेश कार्की र नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्य झाडु बोकेरसंगै सरसफाइ कार्यमा निस्किएका छन् ।

 बिहिबार बिहान प्राचीन हरिद्बार चतराधाममा आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई केन्द्रीत गरेर नगरपालिकाले सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।

कुम्भ स्तभ अगाडि , कुम्भ परिसर तथा घाट क्षेत्रमा गरिएको सरसफाई कार्यक्रममा नगर प्रमुख कार्की, नेपाल राष्ट्रका प्रथम जगद गुरु वालसन्त मोहनशरण देवचार्यसंगै नगर उप–प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल , वडाध्यक्षहरु ,

कार्यपालिका सदस्य, वडा सदस्य , नगरपालिका मातहतका कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख , तथा मातहतका सामुदायिक प्रहरी साझेदारी कार्यक्रमको टोली , सशस्त्र प्रहरी वेश क्याम्प चतराका प्रमुखज्यु एब् टोली, आदर्श माबिका स्काउण्ट टोली , राजनैतिक दलका स्थानिय प्रतिनिधिहरु ,

पुर्ब जनप्रतिनिधिहरु , खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीहरुको तथा स्थानिय संघ÷ संस्थाका पदाधिकारी एब स्थानीयहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

वराहक्षेत्र धाम आउने पर्यटकहरुलाइ थप आक्रषित गराउन र चैत्र – २७ गतेबाट आयोजना हुने पुर्ण महाकुम्भ मेलालाई प्रचारप्रसार गर्ने उदेश्यले सरसफाईको आयोजना गरिएको नगर प्रमुल कार्कीले बताए ।

कार्यभार सुरु गरेबाटै वराहक्षेत्रलाई सुन्दर र सफा नगरको रुपमा विकास गर्ने लक्ष्यसहित थालिएको सफा वराहक्षेत्र बनाउने अभियानलाई सार्थक बनाउन मेयर रमेश कार्की आफैँ सार्वजनिक स्थानमा झाडु र डस्बिन बोकेर निस्कने गरेका छन् ।

कुम्भको विधान उल्लेखित हस्त लिखित पुस्तक अनुसार नै चतराधाममा कुम्भ मेलाको सुरुवात गरिएको जगद गुरु वालसन्त मोहन शरण वताए ।

अमृतको तर नै भेटिएको पिण्डेश्वरस्थित कौशिकी (सप्तकोसी) नदीमा कुम्भ स्नान गर्नाले पापबाट मुक्त भई मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

समुन्द्र मन्थन पछि उत्पन्न अमृतमय कुम्भ घडा आफ्नो बनाउन देवता र दैत्यका बिच भएको लुछातानीको क्रममा जहाँ–जहाँ अमृत खस्यो खस्यो त्यहाँ–त्यहाँ कुम्भ पर्व लाग्ने गर्दछ ।

नेपालको चतराधाममा अमृतको पीठ नै खसेकाले कुम्भको चतराधाम राजधानी पनि रहेको छ। भारतको प्रयाग, नासिक, उज्जैन र हरिद्वारमा अमृतको थोपा झरेको भनेर शास्त्रमा उल्लेख छ ।IMG_20240208_094421

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved