कपिलवस्तुमा यातायात मजदुर संगठनको भवन बन्दै

  • माघ २६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

कपिलवस्तु/ यातायात मजदुरहरुको आन्दोलनमा अग्रणी नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भौतिक संरचनामा समेत बलियो रहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनु भएकोछ ।

बिहिबार बाणगंगामा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटीको भवन शिलान्यास गर्नुहुँदै अध्यक्ष राईले २०३६ सालदेखि यातायात मजदुरहरुको हक, हित, अधिकार र सुरक्षामा लडाँई गर्दै आइरहेको इतिहाँसको स्मरण गराउनुहुँदै भौतिक संरचनाको उपलब्धता र सम्पन्नताले यातायात मजदुर आन्दोलनलाई थप बलियो बनाउँने बताउँनुभयो ।

कपिलवस्तुको बाणगंगा ८ स्थित पुल्चोकमा यातायात मजदुर भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन कपिलवस्तु जिल्ला कमिटी प्रयोजनका लागि निर्माण हुनेछ ।

भवनको शिलान्यास गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले बाणगंगामा निर्माण हुन लागेको भवन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लुम्बिनी प्रदेशभीत्रको छैठौँ भवन हुने बताउनुभयो ।

लुम्बिनीमा बुटवल, बर्दघाट, तुलसीपुर, घोराहीमा संगठनको आफ्नै भवन रहेकोमा अब यस प्रदेशको छैठौँ भवनका रुपमा कपिलवस्तुको बाणगंगामा पनि मजदुरहरुको आफ्नै भवन बन्न लागेको राईले बताउनुभयो ।

बाणगंगा नगरपालिका वडा नम्बर ८, टोल विकास समिति, नगरपालिका लगायतको सहयोगमा प्राप्त २ कठ्ठा ५ धुर जग्गामा तत्कालका लागि एउटा हल, एउटा कार्यालय कोठा र शौचालय रहेको भवन यही आर्थिक वर्षभीत्र बन्नेगरी भवनको शिलान्यास गरिएको हो ।

भवन शिलान्यास कार्यक्रममा बाणगंगा नगरका मेयर चक्राणी अर्याल, वडा नम्बर ८ का अध्यक्ष बाबुराम अर्यालले मजदुरहरुको हित रक्षाका लागि नगरको तर्फबाट भवन निर्माणमा उत्साहकासाथ सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो ।

यातायात मजदुरहरुको अधिकारका लागि भूमिगत कालदेखि काम गरिरहेको यो देशकै सशक्त संगठनले बाणगंगा नगरपालिकामा भवन निर्माण योजना बनाउन लागेकोमा धन्यवाद दिँदै आफुहरुको साथ र सहयोग रहने मेयर अर्यालले बताउनुभयो ।

२०८० सालको असारसम्ममा उक्त भवन निर्माण सम्पन्न गरिसकिने नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा लसम्बिनी प्रदेश इन्चार्ज ठाकुरप्रसाद गैरेले बताउनुभयो । तत्कालका लागि २४ लाख लागतमा भवन निर्माण सम्पन्न गरिने र आवश्यक आर्थिक सहयोग शुभेच्छुक तथा दाताहरुबाट समेत संकलन गरेर भवन निर्माण सम्पन्न गरिने लक्ष्य रहेको उपाध्यक्ष गैरेले बताउनुभयो ।

कार्यक्रममा संगठनका महासचिव केशव थापा (निरु), उपमहासचिव खगेन्द्रबहादुर ओली, केन्द्रीय सदस्य कृष्ण कँडेल, केन्द्रीय सल्लाहकार प्रमुख ध्यानबहादुर राई लगायतको उपस्थिति रहेको थियो ।

संगठन लुम्बिनी प्रदेश अध्यक्ष मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रदेश सचिव हुमबहादुर क्षेत्रीले गर्नु भएको थियो ।kapil

'एसईई स्पिकर’ को छनो ...

धरान/ कोशी प्रदेशस्तरीय ‘एसईई स्पिकर–२ ...

सुक्खा मौसम शुरू : ध ...

धरान/ सुक्खा मौसम सुरु भएसँगै धरानमा खानेपानीको अभ ...

इलाम क्षेत्र नम्बर- ...

इलाम/  इलाम- २ मा मतगणना सुरू भएको छ। इलाम न ...

इलाम २ मा ६० प्रतिशत ...

इलाम/ इलाम क्षेत्र २ को आज (शनिबार) भएको उपनिर्वाच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved