मुस्लिम समाजद्वारा राजमार्गमा शिरिष रोपियो

  • असोज ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  कोशी राजमार्ग अन्तर्गत धरान इटहरी सडकखण्डको डिभाइडरमा हाइब्रिड शिरिषको विरुवा रोपिएको छ ।

धरान मुस्लिम एकता समाजको अगुवाईमा सोमबार एक सय वटा विरुवा रोपिएको हो ।

मेयर हर्क साम्पाङको प्रमुख आतिथ्यमा हाइब्रिट शिरिषको विरुवा वृक्षारोपण कार्यक्रम भएको थियो । धरान प्रवेश गर्ने कोशी राजमार्गको सौन्र्दयीकरण बढाउन हाइब्रिड शिरिषको विरुवा रोपिएको मुस्लिम एकता समाजका संयोजक फिरोज अलीले बताए ।

उनका अनुसार यो विरुवा कलकत्ताबाट आयात गरिएको हो । हाइब्रिड विरुवा भएको कारण उचाई १० देखि १२ फिट मात्र हुन्छ ।

यो विरुवा ४ महिनादेखि फुल्न थाल्ने र बाह्रै महिना फुल्ने उनले जानकारी दिए । एउटा विरुवाको मुल्य ४ सय हाराहारीमा खरिद गरिएको र कुल २ सय विरुवा रोप्ने लक्ष्य रहेको पनि संयोजक अलीले बताए ।
मेयर साम्पाङले सबै मिलेर नै धरान र देश बनाउनुपर्ने धारणा राख्दै मुस्लिम समाजले वृक्षारोपण गरेकोमा खुशी व्यक्त गरे ।

शिरिषको बीच बीचमा सयपत्री फुल पनि रोप्ने मेयर साम्पाङको भनाई थियो ।

‘वृक्षारोपणको महत्वबारे मैले भनिरहनु पर्दैन, पृथ्वी तातिदै जादैछ, गर्मी झन् बढ्दैछ । हिमालको हिउ पनि सकिन्छ भन्ने छ, विज्ञहरुले ।

त्यसले पृथ्वीलाई बचाउन वृक्षारोपण गर्नुपर्छ, चिसो बनाइरहनुपर्छ,’ उनले भने ।

वरिष्ठ डाक्टर खालिद हुसैन हकले कोभिड १९ को महामारीको बेला मुस्लिम एकता समाज स्थापना भएको स्मरण गर्दै नगरपालिकासँग समन्वय गरेर विभिन्न सामाजिक काम गरिरहेको बताए ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved