सिटी सफारी नियन्त्रमा सम्बन्धित पक्ष गम्भीर

  • आश्विन ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /धरानको लागि ई रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनकोलागि टाउको दुखाइको विषय बनेको छ ।

दर्ताविना जथाभावि सञ्चालन भएका सिटी सफारीको स्थानीय सरकार धरान उपमहानगरपालिकाले दर्ता प्रक्रियालाई अगाडि बढाए पनि सबै सिटी सफारी दर्ता नै छैनन् ।

यसैलाई मध्यनजर गरी सिटी सफारी व्यवस्थापनका लागि स्थानीय सरकार धरान उपमहानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले संयुक्त पहल थालेका छन् ।

ई–रिक्सा (सिटी सफारी) ट्राफिक व्यवस्थापनमा धरानको मात्र हैन सबै सहरहरुको टाउको दुखाइको विषय बनेको छ ।

केही समय अगाडि इटहरी उपमहानगरपालिकाले सिटी सफारीलाई व्यवस्थापन गरेसँगै अहिले धरान उपमहानगरपालिकाले समेत जिल्ला ट्राफिक कार्यालयसँग समन्वय गरेर व्यवस्थापनको प्रक्रिया अगाडि सारेको हो ।

धरानको भानुचौकमा सबै सिटी सफारी चालकलाई जम्मा गरी यस सम्बन्धी जानकारी दुवै निकायले गराए । सिटी सफारी प्रक्रियागत रुपमा सञ्चालन गर्न र ट्राफिक नियम पालन गर्न सुझाए ।

व्यवस्थापन गर्न सहयोग गर्न चालकहरुलाई अनुरोध गरे । तर सिटी सफारीहरुले उनीहरुहरुको आग्रहलाई मनन गर्दै सिटी सफारीले भोग्नुपरेको समस्याका विषयमा खुलेर सम्बन्धित निकायलाई बताए ।

उनीहरुले सिटी सफारीको निश्चित स्टेण्ड नभएकोे, राखिएको ठाउँबाट टेम्पो चालकले अवरोध गर्ने भन्दै व्यवस्थापनमा सम्बन्धित पक्ष गम्भीर नहुँदा भानुचौक एरिया जाम हुने गरेको बताएका थिए ।

उनीहरुलेपटक पटक स्थानीय सरकारले आफूहरुको समस्या समाधानका लागि गुहार्दा समेत कुनै सुनुवाई नभएको नेपाल श्रमिक सिटी सफारीकी सचिव रिना लामाले बताइन् ।

स्थानीय सरकार धरान उपमहानगरपालिकाले दर्ता प्रक्रियामा आउन पटक पटक आवहान गर्न सूचना जारी गर्दा पनि नआएकोले व्यवस्थापन गर्न समस्या भएको बताएको छ ।

धरानमा ५ सयदेखि ७ सय सम्म ई–रिक्सा सञ्चालनमा आए पनि अहिले चारवटामात्र उपमहानगरपालिकामा दर्ता भएको धरान उपमहानगरपालिकाका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बताए ।

जिल्ला ट्राफिक प्रहरीले भने बढ्दै गएको समस्या समाधानको खाँचो रहेकोले अहिले सबैलाई भेला गराएर कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

लाइसेन्स नहुनेले लाइसेन्स लिने र दर्ता नभएकाहरुले दर्ता प्रक्रियामा जाने र ट्राफिक नियमलाई गम्भीर भएर पालना गरेमात्र धेरै समस्या समाधान हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुवास केसीले बताए ।

यता सफारी चालकहरुले समेत दुर्घटनामा सवारी चालकको समेत हात भएको स्वीकारेका छन् ।

नियमनकारी निकायले ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही गर्ने र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अनि सवारी चालकले समेत ट्राफिक नियम आफैको लागि सोचेर पालना गर्ने हो भने धरानमा हुने ट्राफिक जाम, दुर्घटनाको जोखिम कम भएर जाने बताएका थिए ।

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved