नेपालमा आर्थिक प्रगतिको सम्भावना "असोज ७"

  • असोज ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेट भएको छ । शनिबार (असोज ६) चीन पुगेका प्रधानमन्त्री प्रचण्डले हाङ्जाओमा राष्ट्रपति सीसँग सङ्क्षिप्त भेटवार्ता गरेको समाचार आएको छ । उनीहरूबीच द्विपक्षीय भेटवार्ता हुन बाँकी छ । एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार हाहाङ्जाओ पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड अमेरिकामा संयुक्त राष्टूसङ्घको ७८ औँ महासभालाई सम्बोधन गरेर त्यताबाट चीन पुगेका हुन्  ।

प्रधानमन्त्री प्रचण्डले यही सेप्टेम्बर २२ (शुक्रबार) मा राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेका थिए । एसियाली खेलकुदको उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड चीनको राजधानी सहर बेइजिङ जाने कार्यक्रम छ भने बेइजिङमा यही सेप्टेम्बर २५ (असोज ८) मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ  । सो भेटवार्तापछि प्रधानमन्त्री प्रचण्डले चीनको छोङछिङ महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकास अवलोकन गर्नेछन्  । प्रधानमन्त्री प्रचण्ड आफ्नो प्रतिनिधिमण्डलसहित यही सेप्टेम्बर ३० (असोज १३) मा नेपाल फर्कने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबाट नेपालले केही अपेक्षा लिएको छ ।

यी अपेक्षाहरू पूरा होलान् कि नहोलान्, यसका लागि केही दिन प्रतीक्षा गर्नुपर्ने छ । उनको भ्रमणबाट चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको सुखद् समाचार भने आएको छ । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएको समाचारमा उल्लेख छ । कोरोना नाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ । नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् । यो सूचीमा निकट भविष्यमै समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको लिजी बन्दरगाह थपिने भएको हो । नेपाल र चीनको व्यापारका लागि प्रयोग हुने गरी पहिचान र निर्माणको योजनामा करिब आधा दर्जन व्यापारिक मार्ग छन् । चीनले छिमेकी नेपालसँग आर्थिक गतिविधि बढाउने लक्ष्यसहित नयाँ व्यापारिक मार्ग सञ्चालन गरेको समाचार आएको हो ।

व्यापारिक मार्ग थपिनु मात्र पर्याप्त छैन । यसबाट नेपालले लाभ लिन सक्नुपर्छ । दुई विशाल देशहरू भारत र चीनका बीचमा रहेको नेपालले यी दुवै छिमेकी राष्टूहरूले गरेको आर्थिक प्रगतिबाट लाभ लिन सक्नुपर्छ । यसका लागि नेपालले सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्नु आवश्यक छ, तर नेपाल कतिपय अवस्थामा सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न असफल देखिएको छ  । दुवै छिमेकी देशहरूलाई विश्वासमा नलिई नेपालको प्रगति नहुने निश्चित छ ।

नेपालको सीमाबाट जम्मा १२ किलोमिटरको दुरीमा रहेको लिजी बन्दरगाह सञ्चालनमा आएपछि नेपालसँगको आर्थिक गतिविधि झनै मजबुत बन्ने बताइएको छ । तिब्बतको राजधानी ल्हासाबाट ९३५ किलोमिटर दुरीमा रहेको लिजी बन्दरगाह सिगात्से प्रान्तको झोङ्बा काउन्टीमा अवस्थित छ । यस्तै, लिजी बन्दरगाह काठमाडौँबाट ४९९ किलोमिटरको दुरीमा छ । यो नेपालतर्पmको माथिल्लो मुस्ताङ नजिकको कोरला नाका नजिकै पर्छ । यो नाकाबाट नेपाली र तिब्बतीबीच खाद्यान्न, नुन र भेडा–च्याङ्ग्राको व्यापार हुँदै आएको छ ।

यो नाका जोड्ने गरी नेपालतर्पmको सडकमार्ग यसअघि नै सम्पन्न भइसकेको छ । यो नेपाल–चीन जोड्ने चौथो व्यापारिक नाकाको रूपमा छ  । नेपाल र चीनबीच १४ सय किलोमिटर सीमा जोडिन्छ । जसमध्ये तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका मुख्य रूपमा सञ्चालनमा छन् । यसबाहेक, रियुु–ओलाङचुङ्गोला नाकासमेत व्यापारिक मार्गमा प्रयोग गर्ने गरी सन् २०१२ मा दुईपक्षीय सम्झौता भएको थियो । कोरोना महामारीका कारण बन्द भएको नेपाल–चीन सीमा नाका पाँच महिनाअघि मात्रै पुनः सञ्चालनमा आएको थियो । तातोपानी र रसुवागढीको सूचीमा लिजीसमेत थपिएको हो । नेपाल दुई ठूला आर्थिक शक्ति चीन र भारतको बीचमा अवस्थित छ  । यही आर्थिक सम्भावनालाई देखेर चीन र भारत नेपालसँग राम्रो व्यापारिक पूर्वाधार निर्माणको योजनामा छन्  । यसबाट फाइदा लिन सके मात्र नेपालले पनि आर्थिक लाभ लिन सक्छ । यसतर्पm नेपालको ध्यान जानु आवश्यक छ ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved