कोशी ग्यासलाई २ लाख जरिवाना

  • आश्विन ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

मोरङ/  शिलप्याक गरिएको कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएपछि उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

मोरङको बुढीगंगा गाउँपालिका– ४ नेमुवास्थित कोशी ग्यास उद्योगलाई आइतबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले दुई लाख रुपैयाँ जरिवाना गराएको हो ।

उद्योगले बिक्रीका लागि बजार पठाएको सिलिन्डर चेकजाँच गर्दा ग्यास नभएको भेटिएको थियो ।

विराटनगर – ९ ट्राफिक चोक घर भएकी अन्जना सिंहले खरिद गरेको शिलप्याक कोशी ग्यासको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो ।

शिलप्याक सिलिन्डरमा १४ केजी २ सय ग्राम ग्यास हुनुपर्ने हो । तर, कोशीको १५ केजी ४ सय ग्रामको सिलिन्डरमा ग्यास नभएको भेटिएको हो ।

उपभोक्ता सिंहले विराटनगरस्थित कोशी ग्यासको डिलर न्यु हिमाल मार्केटिङबाट ग्यास खरिद गरेकी थिइन् । न्यु हिमालका डिलरबाट ग्यास डुलाउने चौधरीसँग ग्यास लिएकी थिइन् ।

सिंहले एकै पटकमा ३–४ वटा ग्यास सिलिन्डर राख्ने गर्दछिन् । दुई वटा ग्यास सकिएपछि नयाँ खरिद गरेको ग्यास चुलोमा जोडन खोज्दा सिल प्याक सिलिन्डरमा ग्यास नभएपछि अचम्म परेको बताइन् ।

सिल प्याक ग्यास सिलिन्डरमा ग्यास नभएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हितेश बस्नेतसहितको टोलीले उद्योगमा आइतबार अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा उद्योगबाट कैफियत भेटिएपछि वाणिज्य कार्यालयले कारबाही गरिएको उनले बताए ।
यता कोशी ग्यास उद्योगका प्रबन्धक सचित कुमार उपाध्यायले उद्योगबाट सही तरिकाले सिलिन्डर पठाउने भएकोले उपभोक्ताले तौलेर मज्जाले हेरेर मात्र ग्यास लैजान आग्रह गरे ।

उद्योगको बदनाम गराउन चाहनेले गलत गर्न खोजेको हुनसक्ने उनले बताए ।
दुई वर्ष अगाडी पनि विराटनगर –२ तीन पैनी चौकका उपभोक्ता रतनकुमार बर्माले अटोमा सिलेण्डर डुलाउनेसँग खरिद गरेको कोशी ग्यासको शिलप्याक गरिएको सिलिन्डरमा ३ केजी ३ सय ग्राम कम तौल भेटिएको थियो ।

ग्यास उद्योगले नाम मात्रको प्लास्टिकले र्‍यापिङ्ग गरिएको शिलप्याक कमजोर बनाउँदा चोरी गर्नेलाई सजिलो हुने र उपभोक्ताहरू ठगीमा पर्ने क्रम बढेको थियो । त्यसपछि उद्योगले कोशी ग्यासले र्‍यापिङ्ग बन्द गरी मजबुत बनाएको थियो ।

उद्योगले अहिले दैनिक ७ देखि ८ हजार कोशी ग्यासको सिलिन्डर उत्पादन गरिरहेको छ ।

देशभरिमा ३ सय ९६ वटा डिलर रहेको उद्योगका विराटनगरमा मात्र ३२ वटा डिलरमार्फत ग्यास उपभोक्तामा घरमा पुग्ने गरेको छ ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved