इलाम/ आफ्नो पे्रमिलाई भेट्न आएकी एक महिलालाई अर्के व्यक्तिले बलात्कारको प्रयास गरेको पाइएको छ ।
इलाम घुम्न आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला प्रभु बैंक इलाम शाखाका कर्मचारी प्रमेश पोखरेलले बलात्कार प्रयास गरेका हुन ।
बिश्वकर्मा पुजाको दिन इलाम आएकी युवती प्रेमीको कोठामा बसिरहेका बेला पोखरेलले बलात्कारको प्रयास गरेको बताइएको छ ।
घटनाबारे पिडितले जाहेरी दिएपछि जिल्ला प्रहरीले अनुसन्धान गरेको थियो । प्रहरीले पिडितको बयान र स्वास्थ्य जाँच गरि जिल्ला अदालतमा पेश गरेपनि अदालतले म्याद थपको अनुमति दिएको छैन ।
प्रहरीले घटनाको अनुसन्धान गरि म्याद थपको अनुमति मागेको र अनुमति पाउने बित्तिकै हामी थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।
युवतीलाई बलात्कार प्रयास गर्ने प्रभु बैंकका कर्मचारी प्रमेश पोखरेल दैनिक मातेर बैँक पुग्ने गरेको पाइएको छ । बैंकको विराटनगर शाखामा पनि पोखरेलले रक्सीको नसामा हर्कत गरेपछि इलाम सरुवा गरिएको थियो ।
सँधै पनि बैंकमा दैनिक रक्सीमा लठ्ठ परेर आउने गरेको र घटना भएको दिनमा पनि मातेर नै बैंकमा पुगेको पाइएको छ ।
युवतीको प्रेमी र पिडक दुबै बैंकका कर्मचारी हुन् । प्रेमीसँगै खाना खाएका बेला पिडकले युवतीलाई देखेका थिए ।
खाना खाएको केहि घण्टापछि साथीको कोठामा पिडक पुगेका थिए । यो घटना असोज २ गते दिउँसो साढे तीन बजेको हो । डेरा बस्दै आएका प्रेमीको कोठामा युवती बसेकी थिइन् ।
युवतीको प्रेमी पनि इलाम सदरमुकाममा रहेको अर्को बैंकका कर्मचारी हुन् । युवती बसेको कोठामा जानु अघि पिडक उनको प्रेमीले काम गर्ने बैंकमा पुगेका थिए ।
बैंकमा पुगेका बेला युवतीका प्रेमी काममा व्यस्त थिए । त्यस लगत्तै निस्किएका प्रभु बैंकका ती कर्मचारी बैंकको ड्रेसमा युवती भएको कोठामा पुगेका थिए । उनी मोवाइल चार्ज गर्ने निहुँमा युवती बसेको कोठामा पुगेको पिडितले बताइन् ।
युवतीले भनिन, ‘ढोका खोलेपछि सर त हुनुहुन्न भने, तर म आराम गर्छु भनेर भित्र पसे र ढोका बन्द गरे । ‘
त्यसपछि ढल्किएर बसेका उनले मेरो मोवाइल खोसेर फ्याकिदिए र मेरो काखमा एक्कासी आएर कपडा खोल्ने प्रयास गरे ।
मदिराले लठ्ठ परेका पिडकले शुरुमा लुगा खोल्न लगाएको तर नमानेपछि लछारपछार पारेको उनी बताउँछिन् । जबरजस्ती लडाएर आधि लुगा खोलेपछि मैले उनको टाईमा पक्रन सफल भए ।
त्यसपछि म ढोका खोल्न सफल भए अनि बाहिर निस्के । त्यसको १० मिनेट पछि उनका प्रेमी आइपुगे । त्यसपछि के गर्ने भन्ने सल्लाह गर्दा गर्दै रात पर्यो र भोलिपल्ट असोज ३ गते बिहान प्रहरी कार्यालय पुगेर जाहेरी गरेका हौँ ।
पिडितले प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरी पिडकको कोठामा पुगेको थियो । प्रहरीले पिडकको कोठाबाट युवतीको कोठामा पुग्दा लगाएको बैँकको ड्रेस बरामत गरेको छ । कोठाबाट चुरोट र रक्सीका बोतलहरु पनि प्रहरीले फेला पारेको छ ।
घटनालाई सामसुम बनाउन पिडितका अभिभावकलाई पिडकका आफन्त पनि पुगेका छन् । धेरैजनाले घटना बाहिर नल्याइदिन अनुरोध गर्नुभएको छ, तर मैले हामीले मानेका छैनौँ ।’ घटनाको मिलापत्र गर्न र बाहिर नल्याइदिन पिडितको प्रेमीलाई पिडकका आफन्त र साथिले आग्रह गर्दै आएका छन् ।