कोशी प्रदेशमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार :कांग्रेस नेता कार्की

  • असोज ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

झापा/ सर्वोच्च अदालतले खारेज गरिदिएको उद्धव थापा नेतृत्वको सरकार पुनः ब्युतिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।

उनले कोशी प्रदेशमा पुनः गठबन्धनकै नेतृत्वमा सरकार बन्ने बताएका हुन् । वर्तमान मुख्यमन्त्रीले विश्वासको मत लिने आधार नदेखिएको बताउँदै संविधानको धारा–१६८ (५) बमोजिम गठबन्धनकै नेतृत्वमा सरकार बन्ने उनको दाबी गरेका छन् ।

विर्तामोडस्थित नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले मध्यावधीमा लागु संविधानको मर्म र भावना विपरित हुने बताए ।

उनले भने, ‘कोशी प्रदेशलाई मध्यावधीमा लानु संविधानको मर्म र भावना विपरित हुन्छ, अहिले अल्पमतले सरकार बनाएको तर बहुमतले सरकार चलाउन नपाइरहेको अवस्था छ, यो लामो समय रहँदैन ।’

कांग्रेस कमजोर भए मुलुकको लोकतन्त्र र राष्ट्रियता कमजोर हुने बताउँदै नेता कार्कीले कार्यकर्ताबीचमा बृहत्तर एकता कायम गर्दै पार्टीलाई मजबुद बनाउन कार्यकर्तालाई आह्वान पनि गरे ।

पर्यटन, जलस्रोत, कृषि र युवा जनशक्ति मुलुकको समृद्धिको आधार भएको बताउँदै नेता कार्कीले युवा जनशक्ति परिचालन गरेर आगामी १० बर्षभित्रमा एसियाकै धनी मुलुक बनाउनुपर्नेमा जोड दिए ।

पूर्व अर्थमन्त्री समेत रहेका नेता कार्कीले नेपालको अर्थतन्त्रले लय फेरिरहेको बताउँदै १० महिनासम्म धान्न सक्ने विदेशी मुद्रा सञ्चिती रहेको दावी गरेका छन् ।

मुलुकमा राजनीतिक परिवर्तन भइसकेको र अब सामाजिक, सांस्कृतिक, आर्थिक समृद्धिका लागि दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिदै नेता कार्कीले मुलुकको रुपान्तरण कांग्रेसकै नेतृत्वमा मात्रै सम्भव हुने बताए ।

जिम्मेवारीका हिसावले जो जहाँ भएपनि पार्टी मजबुद बनाउन प्रत्येक कार्यकर्ताको भूमिका समान हुने बताउँदै नेता कार्कीले पार्टी एकतामा आँच आउने कार्य नगर्न÷नगराउन कार्यकर्तालाई निर्देशन समेत दिए ।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेशका सभापति एवं नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले सरकार स्थायी पद नभएको बताउदै संविधान बमोजिम नै फेरि पनि मुख्यमन्त्री बन्ने अवसर आउने बताउँदै गर्व गर्न कार्यकर्तालाई आव्हान गरे ।

उनले भने, बिचारले कांग्रेस हुनेहरु काहीं नजाने बिश्वास छ, घण्टी नयाँ हुन्जेल बज्छ, पुरानो भएपछि आफै बज्न छोड्छ, मुलुकमा कांग्रेसको बिकल्प छैन ।’ झापामा कांग्र्रेस कमजोर नभएको तर कांग्रेस कांग्रेसलाई नै भोट नहाल्दा चुनाब हार्ने गरेको बताउदै नेता थापाले अब अनुशासनको कारबाही केन्द्रबाटै थाल्न आग्रह गरे ।

उनले भने, ‘अनुशासन समितिले तलका कार्यकर्तालाइ कारबाही गर्छ तर अब केन्द्रबाट नै कारबाही थाल्नुपर्छ ।’

कार्यक्रममा संंविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले कांग्रेस कमजोर नभएको बताउँदै एक्लै चुनाब लडेर आवश्यकताका आधारमा सरकार गठनमा गठबन्धन गर्न सुझाव दिए ।

उनले भने, ‘गठबन्धन गरेर अर्को दललाई उम्मेद्वार बनाउदा उक्त क्षेत्रको संगठन कमजोर हुँदोरहेछ, गठबन्धनको प्रभाव झापामा खासै देखिएन ।’
केन्द्रीय बैठकमा बादबिबाद हुनु स्वभाबिक भएपनी बादबिबाद बाहिर आउँदा कार्यकर्ता र जनतामा राम्रो सन्देश नजाने बताउँदै नेता शिवाकोटीले केन्द्र सङ्लिए तलका संगठन आफै सङ्लिने धारणा राखे ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबेले झापाका सवै वडा १४ पालिका, ८ वटा प्रदेशसभा क्षेत्र, ४ वटा क्षेत्रको सम्मेलन सकिएको जानकारी दिदै असोज १५ भित्रमा बाँकी रहेका तहगत सम्मेलन सकेर जिल्ला सम्मेलनको तयारी भइरहेको जानकारी दिए ।

कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेशसभा क का सभापति लक्ष्मीप्रसाद आचार्य र क्षेत्र ख का सभापति किरण श्रेष्ठले सांगठनिक एवं राजनीतिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved