चाँडवार्डमा अपराधिक घट्ना नियन्त्रणका लागि प्रहरीको सक्रियता

  • आश्विन ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी सुनसरी प्रहरीले सुरक्षा सशर्तकता बढाउने भएको छ । नेपालीहरुका महान चाड दशै, तिहार तथा छैठ पर्वमा अपराधिक घट्ना बढ्ने सक्ने भन्दै सुनसरी प्रहरीले सुरक्षा शतर्कता अपनाउने भएको हो ।

चाँडपर्वमा हुनसक्ने अपराधिक घटनाहरुलाई नियन्त्रण गर्न सुनसरी प्रहरीले सीमा सुरक्षामा कडाई गर्ने, लागूऔषधको विक्री वितरणको पहिचान गरी नियन्त्रणको प्रयास गर्ने, चोरी तथा डकैतीका घट्नालाई निरुन्तासहित पार्न सुरक्षा मजबुत बनाउने कुरालाई सुनसरी प्रहरीले तयारी थालेको हो ।

भर्खरै सरुवा भएर सुनसरी प्रहरीको प्रमुखको जिम्मेवारी सम्हाल्न आउनु भएका चाँडपवलाई लक्षित गरी सुरक्षाको अवस्था मजबुत बनाउने सुनसरी प्रहरीले तयारी थालेको छ ।

नागरिकसँग समन्वय गरेर प्रहरीले पहिचान गरेको आपराधिक गतिविधि हुने ठाउँमा प्रहरी गस्तीलाई बढाउने, पछिल्लो समय सामाजिक सद्भाव भड्किने खालका गतिविधि भइरहेकोले यसका लागि छुट्टै युनिट बनाएर परिचालित गर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपीन रेग्मीले बताए ।

डर, त्रासका कारण नागरिकमा घटेको घट्ना निर्धक्कसँग भन्न नसक्ने अवस्था अहिले पनि भएकोले प्रहरीलाई नागरिकमैत्री बनाउदै नागरिकको सुरक्षामा समेत प्रहरीले बढी जोड दिएर काम गर्ने भएको छ । विद्युतीय अपराधमा मेनपावर बढाएर सुनसरी प्रहरीले कामकारबाही अगाडि बढाउने प्रमुख प्रहरी उपरिक्षक रेग्मीको भनाइ ।

सुनसरी प्रहरीले मातहतका प्रहरी कार्यालयहरुलाई पनि चाडपर्वको समयमा सुरक्षा मजबुत बनाउन निर्देशन दिएको छ । सुनसरी जिल्ला नेपाल भारतको सीमा क्षेत्र भएकाले लागू औषध ओसारपसार, कालाबजारी लगायतका गतिविधि बढी हुने भएकोले यस्ता कार्यलाई रोक्न पनि प्रहरीले सक्रियता बढाउने भएको छ ।

सुनसरी प्रहरीको निर्देशन वमोजिम इलाका प्रहरी कार्यालय धरानले समेत चाडवाड लक्षित सुरक्षालाई ध्यान दिने भएको छ । शुक्रबार इलाका प्रहरी कार्यालय धरानमा सुरक्षा योजनाबारे बैठक समेत बसेको थियो । चाँडपर्वलाई सुरक्षित, भयरहित र उत्साहप्रद बनाउदै प्रहरीले अहिलेदेखि नै गृहकार्य शुरु गरेको जनाइएको छ ।

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

श्रमसँस्कृतिले धरानक ...

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपना ...

धरान १४मा रहेको पिण् ...

धरान/ धरान १४ विजयपुरमा रहेको पिण्डेश्वर मन्दिर अग ...

महाकुम्भको राजधानी च ...

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved