नामकरणको समर्थनमा सिङ्गो एमाले उठ्न सकेन:मुख्यमन्त्री कार्की

  • आश्विन ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले उठ्न नसकेको बताएका छन् ।

प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु पर्‍थ्यो त्यसरी नउठे बताए ।

एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइएको उनको भनाई छ । तत्कालिन प्रदेश नं १ को कोशी नामाकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उनले प्रस्ट पारे ।

उनले कोशी नामकरण विरुद्ध जवर्जस्ति आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरुको सहयोगमा काठमाडौ देखिका मानिसहरु ल्याउन थालिएको दाबी गरे । उनले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको बताए ।

मुख्यमन्त्री कार्कीले कोशी नामाकरणको विषयमा पुराना सबै राजनीतिक दलहरुले आ आफ्नो धारण सार्वजनिक गरेपनि रबीको पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गरे ।
एमालेका अगाडी धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरुका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उनँको भनाइ थियो ।

मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै तर धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको उनको कथन छ ।

उनले भने, ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताउ अभियान चलाउने हो भने मात्र पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ ।’

सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागि हुन आएका कानुन व्यवसायिहरुले स्थानीय जिल्लामा पीपीएलए र नेकपा एमालेको अवस्थाबारे अवगत गराएका थिए

ज्येष्ठ नागरिकलाई भ् ...

धरान/ स्थानीय सरकारले लक्षित वर्गको बजेट छुट्याएको ...

वराहक्षेत्रको बाक्सि ...

वराहक्षेत्र/ गाउँमा मोटर बाटोसंगै चारपाङ्गे गाडि आ ...

कोशी सरकार : आज मुख् ...

मोरंग/ कोशीप्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार् ...

श्रमसँस्कृतिले धरानक ...

धरानको इतिहास पुरानो छ । इतिहास जतिकै पुरानो अर्को उपना ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved