शिक्षक महासंघले गर्‍यो सहमती, राहत शिक्षक अझै आन्दोलनमा

  • असोज ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

धरान/  विद्यालय शिक्षा सम्बन्धी संसदमा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै आन्दोलनमा उत्रिएको नेपाल शिक्षक महासंघले सरकार सँग सहमति गरे पनि राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् ।

महासंघले गत शुक्रबार सरकार सँग ६ बुँदे सहमित गर्दै सम्पुर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिएको थियो तर राहत शिक्षकहरुले भने शनिबार पनि आन्दोलनलाई निरन्तरता दिदै धर्नामै रहेका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाईमा राहत शिक्षकहरुले शनिबार पनि काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शनमा उत्रिएका छन् ।
महासंघले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने राहत शिक्षकहरुले बताएका छन् ।

करिब ४० हजार राहत शिक्षक, बालबिकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आन्दोलनमा रहेको राहत शिक्षक समितिले जनाएको छ ।

राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले शुक्रबार भएको वार्तामा शिक्षक महासंघका प्रतिनिधिले राहत तथा अस्थायी प्रकृतिका शिक्षकको बचाउ गर्न नसकेको बताए ।

शिक्षक महासंघले सबै जिल्लाबाट शिक्षकहरूलाई काठमाडौंमा उतारेर राहत शिक्षकहरूका माग सम्बोधन नगरेको उनीहरुको गुनासो छ । सरकारले शिक्षक कर्मचारीहरूलाई गुमराहमा राखेको र झारो टार्न यो सहमति गरेको भन्दै राहत शिक्षकहरु असन्तुष्ट भएका हुन् । राहत शिक्षकको व्यवस्थापनको लागि परीक्षाको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ ।

पेन्सनबाट वञ्चित गराएको, विद्यालय कर्मचारीहरूको बारेमा कुनै कुरा नराखेको विषयमा शिक्षकहरू आन्दोलित छन् ।

यता महासंघले आइतबार देखि सबै विद्यालयहरु संचालन हुने जनाएको छ । शुक्रबार देखिनै आन्दोलनका कार्यक्रम फिर्ता लिएको जनाउँदै आइतबार देखि विद्यालय सुचारु ह्ुने बताएको छ ।

आन्दोलनका कारण दुई दिन छुटेका कक्षा पनि अनुकुलता अनुसार पठनपाठन गराउने जनाएको छ ।

विद्यालय शिक्षासम्बन्धी संसद्मा दर्ता भएको विधेयकमा असन्तुष्ट जनाउँदै महासंघले यही असोज ३, ४ र ५ गते काठमाडौँमा आन्दोलन गरेको थियो । असोज ३ गते सार्वजनिक बिदा परेकाले दुई दिनको पढाइ अवरुद्ध भएको थियो ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved