प्रदेशको योजनाले गाउँमा झगडा

  • आश्विन ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

इलाम/ इलामको फाकफोकथुम गाउँपालिका ७ का शषिधर खनालले ३० वर्ष अघि देखि प्रयोग गरिरहेको खानेपानी अब आउने हो कि हैन टुङ्गो छैन ।

२०५० सालमा मेची पहाडी भालु खोप खानेपानी आयोजना मार्फत निर्माण गरिएको खानेपानी अहिले आएर अर्कै गाउँतिर जाने भएपछि खानेपानी अन्योल बनेको छ ।

खनाल मात्रै होइन सिङ्गो गाउँका ४८ परिवारले प्रयोग गरिरहेको खानेपानी आयोजना के हुन्छ भन्नेमा दोधार छन् ।
एकतप्पाका ४८ भन्दा बढी घर परिवारले प्रयोग गरिरहेको पानी अर्कै वडा तिर जाने भएपछि दुई गाउँबिच झगडा सुरु भएको छ ।

लामो समय देखि खानेपानी प्रयोग गरिरहेको मुहानबाट अर्को वडामा जानेगरि आयोजना निर्माण भएसँगै दुई गाउँ बिच झगडा सुरु भएको हो । कोसी प्रदेशले कुनै अध्ययन विना नै हचुवाका तालमा खानेपानी आयोजना निर्माणका लागि बजेट लगाएको कारण झगडाको स्थित पुगेको छ ।

विराटनगरमा बसेर योजना छुट्टाउने र गाउँको अवस्था नबुझी बजेट विनियोजन गर्ने गरेको कारण दुई गाउँबिच झगडा उत्पन्न भएको हो ।
३० वर्ष अघि मेची पहाडी भालु खोप खानेपानी आयोजना मार्फत निर्माण गरिएको खानेपानीको मुहानबाटै कोसी प्रदेशबाट खत्री गाउँ खानेपानी आयोजना निर्माण भएपछि दुई गाउँबिच झगडा उत्पन्न भएको हो ।

सिकारी भन्ज्याङ आसपासका घरपरिवार सहित सिंहदेवी माध्यमिक विद्यालय, आयुर्वेद औषधालय सहित ४८ घर परिवारले प्रयोग गरिरहेको खानेपानी अर्को वडामा जाने भए पनि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएको खनाल बताउँछन् ।

उनले ५० साल देखि खाइरहेको पानी प्रदेशले अर्कोतिर पारेको गाउँ नै समस्यामा परेको हो ।
फाकफोकथुम गाउँपालिका उपाध्यक्ष कल्पना राईले वडा नं दुई खत्री गाउँमा निर्माण भएको खानेपानी आयोजना पनि विवादमा छ ।

वडा नं सातले प्रयोग गर्दे गरेको खानेपानी प्रदेश मार्फत वडा नं दुईमा पनि त्यही मुहानबाट पानी ल्याएपछि अहिले विवादमा रहेको बताइन ।

विवादमा नै भएको आयोजनामा यस वर्ष पनि प्रदेशबाट बजेट परेको छ ।

स्थानीय तहसँग समन्वय नगरी प्रदेशले आयोजना हाल्ने गरेको कारण विवादमा आएको बताइन ।

आयोजना सञ्चालन हुँदा हामीलाई पत्तै हुँदैन र एकै ठाउँबाट दुईतिर आयोजना परेको कारण विवाद आउने गरेको भन्दै उपाध्यक्ष राईले स्थानीय तहसँग समन्वय भएको भए विवादमा आउने आयोजनालाई सुरुमै समाधान निकालेर काम गर्न सकिने बताइन ।
फाकफोकथुम गाउँपालिका वडा नं. ७ का वडा सदस्य डिक बहादुर बराइलीले लामो समयदेखि एउटा गाउँले खाइरहेको पानीको मुहान अर्को गाउँमा पर्नु दुःखद भएको बताए ।

उनले कुनै पनि आयोजना निर्माण गर्नु अघि त्यहाँको अवस्था के छ भनेर नबुझी काम थाल्नुले झगडा उत्पन्न भएको बताए ।

‘प्रशस्त खानेपानीको मुहान थिए भने पनि फेरी आयोजना मार्फत व्यवस्थापन गर्न सकिन्थ्यो, उनले भने, ‘ मुहान पनि खासै छैनन् तीस वर्ष पहिले देखि प्रयोग गरिरहेको खानेपानी अहिले विवादमा आएपछि ठुलो समस्या उत्पन्न भएको बताए ।
विवाद सुरु भएको खानेपानीको लागि कोसी प्रदेशबाट चालु आवमा वडा नं. २ को खत्री गाउँ खानेपानी आयोजनामा १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै गाउँपालिकामा खानेपानी आयोजना निर्माणका लागि वडा नं. ७ मा एकतप्पा खानेपानी आयोजनामा सात लाख, वडा नं. ४ को बरबोटे खानेपानी योजनामा पाँच लाख, र वडा नं. १ को कमेरे जरिङ्गे खाम्वाङ तल्लो बेहोरा खानेपानी योजनामा १३ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मतदानबाट विद्यार्थीह ...

इटहरी/ इटहरी स्थित एक बिद्यालयमा मतदानबाट विद्यार् ...

एमाले सुनसरीको आठौ ज ...

धरान । नेकपा एमाले सुनसरीको आठौं अधिवेशन शनिबारदेखि इटह ...

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved