हत्याको आरोपित ३४ वर्षपछि पक्राउ

  • असोज ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt प्रतिनिधि तस्बिर

भोजपुर/ भोजपुरमा छिमेकीको हत्या गरेर फरार रहेका एक व्यक्ति ३४ वर्षपछि पक्राउ परेका छन् ।

२०४६ सालमा एक पुरुषको हत्यामा संलग्न आरोपमा ६१ वर्षीय चक्रबहादुर राईलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो ।

भोजपुरको उत्तरी साविक दोभाने गाविस ८ (हाल साल्पासिलिछो गाउँपालिका ५) का राई घटना हुँदा २७ वर्षका थिए ।

उनले छिमेकी २६ वर्षीय बद्रीकुमार राईलाई खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरी बायाँ हातसमेत छिनाएर फरार रहेका थिए । उनलाई उपचारका लागि खाँदबारी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

२०४६ साल कात्तिक १७ गते रातको समयमा बद्रीमाथि खुकुरी प्रहार गरी फरार रहेका उनलाई सुनसरीको तरहराबाट लुकीछिपी बसेको अवस्थामा असोज ५ गते पक्राउ गरिएको हो । भोजपुरका प्रहरी प्रमुख सुदीपराज पाठकका अनुसार हत्यामा संलग्न अन्य तीन जनाको खोजी भइरहेको छ ।

२०४६ साल कात्तिक २० गते मुद्दा दर्ता भएको र अनुसन्धानसहित सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतमा पेश भएको मुद्दामा २०६० साल जेठ २७ गते प्रतिवादीलाई अदालतबाट जन्मकैदको फैसला भएको प्रहरीले बताएको छ ।

‘फैसला कार्यान्वयन गर्ने सिलसिलामा जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले सुनसरीबाट पक्राउ गरेको हो ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved