कोवास कलेजका विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यक्रम

  • असार १७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ ।

कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो ।

एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो ।

कार्यक्रममा कवि एवं पत्रकार मीनकुमार नवोदितले सकारात्मक सोच, सफलताका सूत्र, व्यक्तित्व विकासलगायतका विषयमा केन्द्रित रहेर विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्नु भएको थियो ।

कुनै पनि क्षेत्रमा सफल हुन सकारात्मक सोच, आत्मविश्वास, मेहनत, निरन्तरता जरुरी रहेको नवोदितले बताउनुभयो ।

कार्यक्रममा विराटनगर जेसीजका पूर्वअध्यक्ष सेवक बजगाईंले व्यक्तित्व र नेतृत्व विकासका विषयमा विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।

कलेजका प्राचार्य केवल पोखरेलले विद्यार्थीहरुको चौतर्फी विकासका लागि कलेजले ध्यान दिएको बताउनुभयो ।

उहाँले अध्ययनसँगै विद्यार्थीहरुमा अन्य क्षेत्रको पनि ज्ञान हुनु जरुरी देखेर विषयविज्ञलाई निमन्त्रणा गरेर उत्प्रेरणात्मक कक्षा सञ्चालन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा ७० जनाभन्दा बढी विद्यार्थी सहभागी भएका थिए । उत्प्रेरणा कार्यक्रमबाट आफूहरुमा परिवर्तनको महसुस भएको विद्यार्थीहरुले बताएका थिए ।

विनोद मण्डलले अहिलेदेखि नै लक्ष्य निर्धारण गरेर अगाडि बढेमा सफल हुनेजस्ता धेरै विषयमा जानकारी भएको प्रतिक्रिया दिए ।

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

जग्गा मन्दिरकै हो,ज ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर ६ स्थित पानबार ...

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved