स्वर्गीय नेता मनमोहनको आर्दशलाई सबैले अनुशरण गर्नुपर्छ –उपकुलपती पोखरेल

  • असार १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर / मनमोहन प्राविधिक विश्वविद्यालयका उपकुलपति डाक्टर सुबास श्री पोखरेलले स्वार्गीय मनमोहन अधिकारी नेपालको लोकतान्त्रिक आन्दोलनका त्यागी र सादगी आर्दश नेता भएकाले उनको व्यक्त्तित्वलाई सबैले अनुशसरण गर्नुपर्ने बताएका छन ।

१०३ औ जन्मयन्तीको अवसरमा देशकै पहिलो मनमोहन प्राविधिक विश्व विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै उपकुलपति पोखरेलले स्वर्गीय नेता मनमोहन सबैको साझा र आदर्श नेता मात्र नभएर अनुकरणिय पनि भएकोले उनको योगदानलाई सबैले अनुसरण गर्नुपर्ने बताएका हुन ।

उपकुलपति पोखरेलले मनमोहनको त्याग र निष्ठाकै कारण देशमा प्रजातन्त्रको उदय भएको र निरंकुश पञ्चायती व्यावस्था ढलेर देशमा प्रजातान्त्र पुर्नस्थापित हुन सफल भएको बताए । उनले स्वर्गीय नेता मनमोहनले प्रधानमन्त्रीका रुपमा नेतृत्व गरेको नौ महिने कार्यकाल हालसम्म देशकै रोलमोडल बन्न सफल भएकोमा आफुलाई गर्व लागेको बताए ।

भारतको स्वतन्त्रता आन्दोलनमा समेत योगदान गरेका नेता मनमोहन प्राविधिक शिक्षाप्रेमी भएकोले उनकै परिकाल्पानालाई सार्थक बनाउन मनमोहन पोलिटेक्निक देखी हाल प्राविधिक विश्वबिद्यालय बन्न सफल भएको स्मरण गरे । एमटियु ९ मनमोहन टेक्निकल युनिभर्सिटीका रजिष्टार डा.दिलनाथ फुँयालले स्वर्गीय आर्दश साझा नेता मनमोहन अधिकारीले सधै त्यागलाई प्राथमिकता दिएकोले उनलाई कुनै एउटा पार्टीको चश्मा लगाएर मात्र हेर्नु गलत हुने बताए ।

‘आर्दश नेता मनमोहन लोभलालच मुक्त्त नेता थिए यसैले उनको योगदानलाई अहिलेका सबै नेता र कार्यकर्ताहरुले अनुकरण गर्नुपर्दछ’ रजिष्टार फुँयालले भने। मोरङ बुढीगंगा गाप ४ हात्तीमुढा स्थित प्राविधिक विश्वबिद्यालमा मनमोहन जयन्तीको अवसरमा विश्वबिद्यालयको ईन्जिनियरिङ संकायतर्फको स्नताक तह र आंगिक क्याम्पस पोलिटेक्निकतर्फका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रममा एमटियुका उपकुलपति डा सुवासश्री पोखरेल रजिष्टार दिलनाथ फुुँयाल, ईन्जिनियर संकायका डिन प्राडा प्रचण्डमान प्रधान, ईलेक्ट्रिोनिक्स विभागिय प्रमुख डा दिपरत्न डंगोल, निमित्त परिक्षा नियन्त्रक भिम काफले र मनमोहन पोलिटेक्निकका प्रिन्सिपल सुदिप अधिकारी लगायतले बिद्यार्थीहरुलाई सम्मान गर्दै प्रमाणपत्र वितरण गरेका थिए । साथै मनमोहन जयन्तीको अवसरमा उनको सम्झनामा माल्यार्पण गर्दै विश्वविद्यालयमा बृक्षारोपण पनि गरिएको थियो ।

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved