बिष्णुका विद्यार्थीलाई दुना–टपरी बुन्ने तालिम सम्पन्न

  • असार १६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान धरान स्थित बिष्णु माध्यमिक बिद्यालयका कक्षा ८,९ र १० का विद्यार्थीहरूलाई दुई दिने दुना –टपरी बुन्ने तालिम दिइएको छ। आधुनिक युगमा लोप हुँदै गएको परम्परागत सीप तथा सांस्कृतिक महत्व बोकेको दुना-टपरीको महत्व बुझाउदै कक्षाका ५० जना भन्दा बढी छात्र –छात्राहरूलाई तालिम प्रदान गरिएको हो ।

तालिमले परम्परागत सीपको विकास तथा सम्बर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ। कार्यक्रम विष्णु मेमोरियल युवा रेडक्रस सर्कलको आयोजनामा सम्पन्न भएको थियो। तालिम गत असार १५ र १६ गते संचालन भएको हो। तालिममा विद्यालयका शिक्षिकाहरू ज्योत्सना लिम्बु, जुनी थापामगर र मन्जु सुबेदीबाहेक आमन्त्रित प्रमुख प्रशिक्षकको रुपमा धरान विजयपुर निवासी उषा कुमारी गुरागाईं रहनु भएको थियो।

bisnu-school-2222pp

तालिम समापन कार्यक्रममा उपस्थित अभिभावक भेषराज घिमिरेले विद्यालयले यस प्रकारको सीपमुलक तालिम विद्यालयले आयोजना गरेको र त्यसमा विद्यार्थीहरूलाई पनि सहभागी गराई जीवनोपयोगी शिक्षा तथा सीप सबैको लागि आवश्यक छ भन्ने सचेतना फैलाएको प्रती धन्यबाद दिए ।

एमाले सुनसरीको आठौं ...

धरान/ आसन्न नेकपा एमाले सुनसरीको आठौं अधिवेशनबाट उ ...

नेकपा एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved