धरानमा दोस्रो साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव शुरु

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरानमा दुई दिने दोस्रो अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सव आजबाट शुरु भएको छ ।

साहित्य, कला, सँस्कृति प्रतिष्ठान धरान उपमहानगरपालिका वडा नं. १३ को आयोजनामा आषाढ १६गते सम्म चल्ने महोत्सवको उद्घाटन गरिएको छ ।

गत बर्षको प्रथम अन्तर्राष्ट्रिय धरान साहित्य तथा साँस्कृतिक पर्यटन महोत्सवको सफलताबाट उत्साहित भएका आयोजकले यसलाई पुन: निरन्तरता दिनकै लागि महोत्सवको आयोजना गरेको जनाएको छ ।

साहित्य, कला सँस्कृति प्रतिष्ठानको संरक्षक वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेलेका अनुसार भारतबाट ४५ जना, भुटानबाट १ जना, बर्माबाट २ जना साहित्यकारको धरानमा जमघट भएको छ ।

पर्यटनको माध्यमबाट कला, साहित्य र पर्यटनको प्रवद्र्धन गर्न गठन भएको प्रतिष्ठानको संयोजक बरिष्ठ कवि बम देवान रहेका छन् ।

महोत्सवमा आउनु हुुने भारत, भुटान, बर्माका कवि कवियत्रीहरुलाई आयोजकले आषाढ १४ गते नेपालको पूर्वी नाका काँकडभिट्टा पुगेर स्वागत गरेको थियो ।

उनीहरुसँग दमकमा छोटो साहित्यिक कार्यक्रम, मोरङको बेतनामा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेर मोरङकै झोडाहाटमा पुन:छोटो. साहित्यिक कार्यक्रम गरी धरान पुगेको हो ।

आज धरानको छाताचौकबाट विभिन्न साँस्कृतिक झाँकीसहित कार्यक्रम स्थल लक्ष्मी बैंककेट्ससम्म पुगेर कार्यक्रम शुभारम्भ भएको थियो ।

समुद्घाटनसँगै कार्यक्रमा पुस्तक विमोचन समेत भएको थियो ।संस्थाबाटै प्रकाशित गरेको इन्दु नेपाल योञ्जनको अन्तिम सेलो कविता संग्रह विमोचन गरिएको हो ।

नेपालको राष्ट्रिय चर ...

काठमाडौँ/ काठमाडौंबाट करिब १ सय १० किलोमिटरको दूरी ...

धरानमा दिप प्रज्वलन, ...

धरान/ मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान ...

पशुपतिको विद्युत शवद ...

काठमाडौं/ पशुपति आर्यघाटस्थित विद्युत शवदाह आगामी ...

मे दिवसमा सडक दुर्घट ...

काठमाण्डौं/ यातायात मजदुरहरुलाई सडक सचेतना गराउँदै ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved