धरान ३ मा अष्टचिरञ्जीविको मूर्ति स्थापना

  • असार १५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  मन्दिरको अस्तित्व जोगाउन धर्मालम्बीहरुले स्थानीय स्तरबाट धेरै प्रयास थाल्ने गरेका छन् । यसै क्रममा धरान ३ मा रहेको लक्ष्मी नारायण मन्दिर परिषरभित्र अर्को मूर्ति स्थापना भएको छ ।

हिन्दु सनातन धर्मालम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको अष्टचीरञ्जिवी तथा नवग्रहको मूर्ति स्थापना भएको हो ।

स्थानीय मन्दिर निर्माण समितिका संयोजक एवम् समाजेवी पितृरुमल अग्रवालको पहलमा मन्दिरको आवश्यता महसुस गरी स्थापना गरिएको हो ।

संयोजक अग्रवालका अनुसार लक्ष्मी नारायण मन्दिरसँगै अष्टचिरञ्जिवी तथा नवग्रहकोको मूर्तिको आवश्यकता महसुस गरी मूर्ति निर्माण गरिएको बताए ।

उनले भगवान नवग्रहको मन्दिर सुनसरी जिल्लामै नभएकोले निर्माण गरिएको बताए । उनले यो मन्दिरमा आएर पूजा गर्दामात्र ग्रह दशा हटेर भाग्य बलवान हुने बताए ।

धरान ३ मा लक्ष्मी नारायण मन्दिरको स्थापना भएको थियो । खड्कुमारी ताम्राकार माताले स्थापना गरेकी थिइन् ।

दुई कटठा क्षेत्रफलमा निर्माण भएको यो मन्दिरमा अष्टचिरञ्जीवि तथा नवग्रहको मूर्ति समेत निर्माण गरिएको लक्ष्मी नारायण मन्दिर व्यवस्थापन समितिका अध्क्ष केशव अधिकारीले बताए ।

स्थानीय दाताहको सहयोगमा स्थापना भएको यो मूर्ति ४० लाखको निर्माण भएको हो ।

पूजारी गोविन्दप्रसाद ढुंगेलले पश्चिमा संस्कृतिले समाजलाई गाँजेको समयमा धार्मिक संस्कार सँस्कृति लोप हुदै गएको अवस्थामा यो मूर्ति स्थापनाले संरक्षणमा केही सहयोग पुग्ने उनले बताए ।

नेकपन एमाले सुनसरीका ...

सुनसरी/ नेकपा एमाले सुनसरी जिल्लाकाे आठाैं अधिवेशनको अव ...

सुनसरी एमालेको आठौं ...

धरान/ शनिबारदेखि सुनसरीको इटहरीमा सुरु हुने नेकपा ...

आधारभूत पत्रकारिता क ...

धरान/ यहाँस्थित सैनिक आवासीय महाविद्यालयमा बुधबार एकदिन ...

पत्रकारको हितमा १ कर ...

विराटनगर/  नेपाल प्रेस युनियन कोशी प्रदेश समि ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved