कोशी प्रदेश सरकारले भाषा साहित्य तथा कलाकार श्रष्टाहरुलाइ सम्मान गर्ने

  • असार १४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी / गत बुधबार बसेको कोशी प्रदेश मन्त्रिपरिषद् बैठकले भाषा, साहित्य तथा कला तर्फ योगदान पुर्याएका श्रष्टाहरुलाइ सम्मान गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेशका विभिन्न जिल्लामा रहेर भाषा, साहित्य तथा कलामा योगदान पुर्याएका श्रष्टालाइ सम्मान गर्ने निर्णय गरेको हो ।

बैठकले एक लाख रुपैया राशीको सर्वोकृष्ट भाषा साहित्य सम्मानतर्फ बम बहादुर राई (सुनसरी) र सर्वोकृष्ट कला र संस्कृति सम्मान तर्फ प्रा. डा. सोमप्रसाद खतिवडा (मोरङ) रहनु भएको छ । 

त्यसैगरी पचास हजार रुपैया राशीको उत्कृष्ट भाषा, साहित्य, कला र संस्कृति तर्फ बैजयन्ती मिश्र (मिश्र बैजयन्ती) , भाषा, सहित्य तर्फ राधिका गुरागाई, शंकर चापागाइ

(धनकुटे कान्छा) मैथिली संस्कृति तर्फ बसुन्धरा देबी झा, साहित्य तर्फ मिनकुमार श्रेष्ठ ‘नवोदित’, संगीत गायन तर्फ साजन सन्ध्या राई , नृत्य अभिनयमा संगीता कुमारी यादब, भाषा साहित्यमा गणेश कुमार राई, भाषा अनुसन्धानमा लक्ष्मी कुमार सेर्मा, ललितकलामा डिल्ली कृष्ण आले, साहित्यमा वियोग सापकोटा, भाषा साहित्यमा नरपति पाण्डे रहनु भएको छ । 

त्यसैगरी २५ हजार रुपैया राशिको नवोदित भाषा, साहित्य, कला र संस्कृति तर्फ मिलन नेपाली (रंगकर्मी/नाटक), युमन खालिङ राई (मनुहाङ किराती) किराती साहित्य, मनिषा आचार्य (साहित्य), विमला राई (केयरलेस) भाषा/साहित्य र पुरुषोत्तम नेपाली लाई (गितकार) विधामा सम्मान गर्ने निर्णय गरिएको छ ।

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved