समन्वय समिती महासंघ कोशी प्रदेशका पदाधिकारिले लिए शपथ

  • असार १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर । समन्वय समिति महासङ्घ कोशी प्रदेश समिति गठन भएसँगै पदाधिकारी र सदस्यहरूले शपथ लिएका छन् । जिल्ला समन्वय समितिको कार्यलाई सहजीकरण गरी काममा एकरूपता ल्याउनको लागि जिल्ला समन्वय समिति महासङ्घले यसअघि गर्दै आएको अभ्यासलाई निरन्तरता दिइएको हो ।

विराटनगरमा एक कार्यक्रमको आयोजना गरी जिल्ला समन्वय समिति महासङ्घ कोशी प्रदेशमा रहेका समितिका पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा १४ जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख कार्यक्रममा सहभागी थिए।

नव गठित समन्वय समिति महासङ्घ कोशी प्रदेशको पदाधिकारीमा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राई अध्यक्ष बन्नु भएको छ। जिसस ताप्लेजुङ प्रमुख छिरिङ लामा उपाध्यक्ष, जिसस झापा उपप्रमुख शान्ता रोक्का क्षेत्री सचिव हुँदा उपसचिवमा पाँचथरका यामकुमार आङ्बो उप सचिवमा चयन भएका छन् ।

१५ सदस्य प्रदेश समितिको सदस्यहरुमा गौरबहादुर विश्वकर्मा उदयपुर, गुमानसिंह इस्बो तेह्रथुम, चित्रकला बराइली इलाम, तेजप्रसाद गिरी उदयपुर, गोपालमान थापा ओखलढुङ्गा, ज्ञानेन्द्र राई खोटाङ, तुलसा काफ्ले बराल झापा, हरिमायाँ विक मोरङ, कुमारी वि।क। सुनसरी र सावित्रा राई धनकुटाबाट चयन भएका छन् ।

धनकुटाको उपप्रमुख समेत रहेकी सावित्रा राईले जिल्ला समन्वय समिति महासङ्घले आफ्नो अधिकार, अनुगमन र समन्वयको बारेमा समेत छलफल भएको जानकारी दिइन् । जिल्ला समन्वय समिति मोरङका उपप्रमुख उषा झाले १४ जिल्ला समन्वय समितिले गरिरहेका कामहरूको बारेमा भइरहेको कामको अनुभव तथा मोरङ जिल्लाले पनि आफ्ना अनुभवहरू सुनाएको जानकारी दिइन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved