प्रदेश सरकार र पहिचानबादी बिच वार्ता स्थगित

  • असार १३, २०८०
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

सुनसरी / कोशी नामकरण खारेजीको  पुनः नामकरण संघर्ष समिति पहिचानवादी र कोशी प्रदेश सरकार बिचको वार्ता स्थगन भएको छ

एउटै मिति, स्थान र उही समयमा अर्को पक्षसँग पनि सरकार वार्ता बस्ने भएपछि वातावरण अन्योलपूर्ण भएको भन्दै संघर्ष समितिले वार्ताको वातावरण नभएसम्म वार्तामा नबस्ने जनाएको हो ।

संयुक्त सङ्घर्ष समितिले विज्ञप्ति मार्फत प्रदेश सरकारले वार्ताको वातावरण अन्यौलपूर्ण बनाएको आरोप लगाई वार्ता  स्थगित गरेको हो ।

सरकारसँग वार्तामा नबस्ने बताएसँगै आजको लागि तय भएको वार्ता स्थगित भएको छ ।

 वार्ताको नाममा कोशी सरकारले राजनीति सुरु गरेको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापो बताउँछिन् । प्रदेश सरकारले नागरिक उन्मुक्ति पार्टीलाई पनि आजै वार्ताका लागि बलाएको थियो ।

कोशी  प्रदेश सरकारका वार्ता  टोलीका  संयोजक  तथा खानेपानी सिञ्चाइ तथा उर्जा  मन्त्री तीलकुमार मेन्याङ्बोले  वार्तामा बोलाएका संघर्ष समितिका कतिपय प्रतिनिधिले नभ्याउने भएपछि वार्ता स्थगित भएको बताए ।

 पहिलो पटक असार ४ गते संयुक्त सङ्घर्ष समिति वार्तामा बसेको थियो । उक्त वार्तामा विषय प्रवेशका बारे ४ घण्टा लामो छलफल भए पनि बिना निष्कर्ष टुङ्गिएको थियो ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved