धरान/ मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर ईदको अवसरमा नेपाल सरकारले एक दिन बिदा दिने निर्णय गरेको छ ।
बकर ईदको अवसरमा असार १४ गते सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले आज सूचना जारी गरेको छ ।
यो मुस्लिम धर्मावलम्बीले मनाउने दोस्रो ठूलो पर्व हो। हिजरी पात्रो अनुसार जुल्हिज्जा महीनाको १० तारीखबाट यो पर्व मनाउने गरिन्छ।
बकर इदको दिन देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीहरुको भीड लाग्ने गर्दछ ।
एक अर्कामा शुभकामना दिदै नयाँ लुगा खरिद गर्ने, मीठो परिकारहरु बनाएर खुवाउने चलन रहेको छ ।