मस्तिष्क जागरुकता सप्ताह सम्पन्न

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिपार्टमेन्ट अफ हुमन एनाटोमीद्वारा, रोटर्याक्ट क्लब अफ धरान घोपा र इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसनको सहकार्यमा आयोजित मस्तिष्क जागरूकता सप्ताह सम्पन्न भएको छ ।

कार्यक्रमको उद्देश्य विद्यार्थी र सर्वसाधारणमा मस्तिष्क स्वास्थ्य र शिक्षाको बारेमा जनचेतना मुलक कार्यक्रम गरेको थियो ।

डाना फाउन्डेसनको सहयोग र सहकार्यमा संचालन भएको सप्ताहब्यापी कार्यक्रमको शुरूवातमा सरस्वती बाल आश्रममा सचेतना कार्यक्रम गरिएको थियो ।

विद्यार्थीहरूलाई मानव मस्तिष्कको सामान्य शरीर संरचना र फिजियोलोजी बारे सिकाइएको थियो।

विद्यार्थीहरुलाई आफ्नो स्मरणशक्ति र एकाग्रता कसरी बढाउने भन्ने बारेमा पनि सुझाव दिइएको थियो ।

साथै कार्मेल हाई स्कूलका विद्यार्थीहरूका लागि प्रतिष्ठानकै एनोटोमी डिपार्टमेन्टमा एक प्रदर्शनी आयोजना गरी मस्तिष्कका विभिन्न अंग र तिनका कार्यहरूको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रम अवधीमा कला प्रतियोगिता पनि आयोजना गरि विजेताहरूलाई पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमको बुधबार समापन प्रतिष्ठानकै सभाघरमा ब्रेन कोलोक्वियम आयोजना गरिएको थियो।

कार्यक्रममा छनोट समितिद्वारा आवेदनको आधारमा ६० जना सहभागीलाई छनोट गरीएको थियो। संवादमा तीन प्रसिद्ध न्युरोलोजिस्ट तथा न्युरोसर्जनहरु डा.भूपेन्द्र शाह, डा.आलोक दाहाल, र डा.विवेक रौनियारको वक्तव्य प्रस्तुत गरिएको थियो।

उनिहरुले आफ्ना अनुभव, सिकाइ आदि कुराहरूको चर्चा गरेका थिए ।

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved