धरानमा डेंगु रोग देखा पर्‍यो सचेतना कार्यक्रम नै छैन

  • असार १२, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/ पछिल्लो समयमा धरानमा डेंगो रोगको माहामारी फैलिएको छ ।

उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा विभिन्न निजी अस्पताल तथा क्लिनिकमा जाच गर्दा डेंगो रोगका संक्रमण भएको पाइएको हो ।

झापालाई डेंगो रोगको जोखिम क्षेत्र मानिए पनि धरानमा समेत डेंगो रोगको जोखिम क्षेत्रको रुपमा लिन थालिएको छ ।

मौसम परिवर्तनसंगै लामखुटेको टोकाइबाट हुने यो रोगबाट धरानमा  संक्रमण भएको पाइएको छ ।

डेंगू ज्वरो लागेको बिरामीलाई टोक्दा यसको भाइरस लामखुट्टे (एडिज) मा सर्ने गर्छ र उक्त लामखुट्टेले अरुलाई टोक्दा ती भाइरसहरु सर्ने गर्छ ।

डेंगू ज्वरोको रोगीको रगत अरुलाई चढाउदा अङ्ग प्रत्यारोपण गर्दा पनि यो रोग सर्ने सम्भावना रहन्छ ।

डेंगू भाइरस एडिज लामखट्टेको टोकाइबाट एक व्यक्तिबाट अर्कोमा सर्ने गर्छ । यो ग्रामीण क्षेत्रमा भन्दा शहरी क्षेत्रमा बढी पाइन्छ । डेंगू भाइरसको संक्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षणहरु देखिन थाल्छन् ।

यसका प्रमुख लक्षणहरू ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, मांसपेसी तथा जोर्नीहरूमा पीडा हुने र छालामा एक प्रकारको रातो दाग देखिने बालरोग विशेषज्ञ डा. अरुण कुमार सिंहले बताए ।

यो भाइरसको सङ्क्रमणले गर्दा लाग्ने रोग हो । डेंगू रोग मानिसबाट मानिसमा साेझै सर्दैन र सबै खालका लामखुट्टेले यसलाई सार्दैन । चिकित्सकका अनुसार एडिस एजेप्टाई जातको संक्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गु सर्छ ।

धरान डेंगो रोगको जोखिम बढ्दा धरान उपमहानगरपालिकाले जिल्ला जनस्वास्थ्य कार्यालय र वीपी कोईराला स्वास्थ्य प्रतिष्ठान धरानसँगको सहकार्यमा सचेतना कार्यक्रम तथा रोकथामका लागि पहल गर्न गरिएको भए पनि यो बर्ष कसैलाई चासो भएको पाइदैन ।

चिकित्सकहरुले डेंगो लागेको शंका लागेमा तत्काल उपचारका लागि अस्पताल जान आग्रह गरेका छन् ।

लामखुटेको टोकाइबाट हुने यो रोगबाट बच्न घरका वरिपरि भएका फोहोर, खाल्डाखुल्डी पुर्नपर्ने र राती सुत्दा मच्छेटदानी लगाएर सुत्नुपर्ने चिकित्सकको सुझाव छ ।

डेंगो लागिसकेपछि मुखबाट वा नसाबाट (इन्ट्राभेनस) तरल पदार्थ दिएरमात्र उपचार गरिन सकिने चिकित्सकको भनाई छ ।

त्यसैले यसबाट बच्न सावधानी अपनाउन चिकित्सकहरुले सर्वसाधारणलाई अनुरोध समेत गरेका छन् ।

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved