एस्पायरद्वारा तनाब ब्यवस्थापन तालिम

  • असार ११, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर /  बिराटनगर १४ मा रहेको एस्पायर कलेजमा एक दिने तनाब ब्यबस्थापन तालिम सम्पन्न भएको छ ।

युवा बर्गहरुमा तनाब ब्यबस्थापन अहिलेको मुख्य आवश्यकता रहेकाले कलेजले आफ्ना बिद्यार्थी तथा शिक्षकका लागि तनाब ब्यबस्थापन तालिम आयोजना गरेको हो ।

तालिम मा ५२ जना बिद्यार्थी तथा १३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।

बिगत लामो समय देखि यहि क्षेत्रमा काम गर्नु भएका अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर ,स्कुल अफ ह्यापिनेसका सस्थापक हरि सिटौलाले सहजीकरण गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले बर्तमान समयमा एकदमै चुनौतीपूर्ण रहेको समय ब्यबस्थापन , असल बानीको बिकास , स्वस्थ तथा तनाब रहित जीवन शैली ,

सुखी जिवनका लागि सकारात्मक सोच आदि बिषयमा उत्प्रेरणामुलक भनाइहरु राख्दै कार्यशाला सम्पन्न भएको हो ।

IMG-20230625-WA0084

कार्यक्रममा कलेजका प्रमुख चिन्तामणि बस्नेतले युवा अवस्थामा बिद्यार्थीहरुलाई आइ पर्ने तनाब रहित जीवन जिउनका जीवन उपयोगी सीपसग समबन्धित तालिमहरु कलेजले निरन्तर उपलब्ध गराउने

 शिक्षण सिकाइ बाहेकका अन्य गतिबिधीलाई पनि सगै लिएर गएकाले छोटो अवधीमा नै कलेजले आम समुदायमा सकारात्मक छाप छाड्न सफल रहेको जानकारी दिनु भयो ।

काठमाडौ बिश्वबिधालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र बि टेक एड आइ टि का कक्षाहरु संचालनमा छन र नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत खुला गरिएको छ ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved