बिराटनगर / बिराटनगर १४ मा रहेको एस्पायर कलेजमा एक दिने तनाब ब्यबस्थापन तालिम सम्पन्न भएको छ ।
युवा बर्गहरुमा तनाब ब्यबस्थापन अहिलेको मुख्य आवश्यकता रहेकाले कलेजले आफ्ना बिद्यार्थी तथा शिक्षकका लागि तनाब ब्यबस्थापन तालिम आयोजना गरेको हो ।
तालिम मा ५२ जना बिद्यार्थी तथा १३ जना शिक्षकहरुको सहभागिता रहेको थियो ।
बिगत लामो समय देखि यहि क्षेत्रमा काम गर्नु भएका अनुसन्धानकर्ता मोटिभेसनल स्पिकर ,स्कुल अफ ह्यापिनेसका सस्थापक हरि सिटौलाले सहजीकरण गर्नु भएको कार्यक्रममा बिद्यार्थीहरुले बर्तमान समयमा एकदमै चुनौतीपूर्ण रहेको समय ब्यबस्थापन , असल बानीको बिकास , स्वस्थ तथा तनाब रहित जीवन शैली ,
सुखी जिवनका लागि सकारात्मक सोच आदि बिषयमा उत्प्रेरणामुलक भनाइहरु राख्दै कार्यशाला सम्पन्न भएको हो ।
कार्यक्रममा कलेजका प्रमुख चिन्तामणि बस्नेतले युवा अवस्थामा बिद्यार्थीहरुलाई आइ पर्ने तनाब रहित जीवन जिउनका जीवन उपयोगी सीपसग समबन्धित तालिमहरु कलेजले निरन्तर उपलब्ध गराउने
शिक्षण सिकाइ बाहेकका अन्य गतिबिधीलाई पनि सगै लिएर गएकाले छोटो अवधीमा नै कलेजले आम समुदायमा सकारात्मक छाप छाड्न सफल रहेको जानकारी दिनु भयो ।
काठमाडौ बिश्वबिधालयको साझेदारीमा संचालित एस्पयार कलेजमा होटल म्यानेजमेन्ट र बि टेक एड आइ टि का कक्षाहरु संचालनमा छन र नयाँ शैक्षिक सत्रका लागि भर्ना प्रक्रिया समेत खुला गरिएको छ ।