महिलाहरुलाई आत्मनिर्भर बनाउन साबुन बनाउने तालिम

  • असार १०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान /स्थानीय सरकारले पछिल्लो समय महिला लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउन थालेका छन् ।

महिला लक्षित बजेटबाट उनीहरुलाई विभिन्न सीपमुलक तालिम दिँदै आएको हो ।

घरेलु उद्योगलाई प्रोत्साहित गर्दै महिलालाई आत्मनिर्भर बनाउन धरान उपमहानगरपालिका वडा नं. १७ ले शनिवार एक दिने साबुन बनाउने तालिम दिएको हो ।

धरान उपमहानगरपालिका वडा नंं ११ का वडाध्यक्ष लोकेन्द्र फागोले तीतेपातीमा पानी हालेर तालिमको उद्घाटन गरेका थिए ।

समृद्धि प्राकृतिक साबुन उद्योगकी सञ्चालक मनिता घिमिरेले वडामा रहेका २५ जना महिलाहरुलाई तालिम दिएकी थिइन् ।

संगम महिला समूहको सहकार्यमा आयोजना भएको सो तालिममा महिलालाई घरेलु उद्योगमा प्रोत्साहित गरी आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वडा नं. १७ का कार्यवाहक अध्यक्ष लक्ष्मण राईले बताए ।

संगम महिला समूहकी अध्यक्ष पूजा विमली सुवेदीले महिलाहरुका लागि साबुन बनाउने तालिम अत्यन्तै लाभदायिक भएको बताइन् ।

घरमै बसेर प्राकृतिक रुपमा पाइने जडिबुटीबाट बनाउन सकिने यो तालिमले महिलाहरुलाई उद्योगी बनाउन सहयोग पुग्ने बताइन् ।

तालिमको सहजीकरण गरेकी सृम्बृद्धि प्राकृतिक सावुन उद्योगकी सञ्चालक मनिता घिमिरेले प्राकृतिक सावुन उत्पादनबाट धेरै सम्भावना भएको बताइन् ।

उनले गाउँघरमा पाइने निम, तीते पाती, चारकोलबाट नुहाउने साबुन बनाउन सकिने भएकोले स्वरोजगार बन्नका लागि महिलाहरुलाई अन्यत्र भौतारिन नपर्ने बताइन् ।

केही समय अगाडि उनले उदयपुर जिल्लाको गढी गाउँपालिकामा समेत पाँचदिने सावुन बनाउने तालिम दिएकी थिइन् । तालिममा गढी गाउँपालिकाका १० जना महिलाको सहभागिता रहेको थियो ।

यस्तै प्रकृतिको तालिम धरान १६ ले समेत गरेको थियो । महिला लक्षित बजेटबाट मखमलीको जुत्ता बनाउने तालिम दिएको थियो ।

स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन दिने गरेको यस्ता तालिम प्रभावकारी भएको तालिममा सहभागी महिलाहरुले समेत बताएका छन् ।

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

एचआइभि संक्रमित परिव ...

धरान / पोजिटिभ समुह द्धारा वुधवार धरानका एचाआइभी स ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved