वीपी प्रतिष्ठानको स्वायत्तता कामय राख्ने प्रधानमन्त्रिको प्रतिबद्धता "प्रतिष्ठानलाई विश्व विद्यालय बनाउन आफु सकारात्मक रहेको प्रधानमन्त्रिको भनाई"

  • असार ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौ / नेपाल सरकारले ल्याउन लागेको ल्याउन “नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयकको मस्यौदा अन्तर्ग दूइ स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नखाख्ने प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले प्रतिबद्धता व्यक्त गरेका छन् ।

वीपी प्रतिष्ठान बचाउ संघर्ष समितिको शनिबार ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रि दाहालले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पाटनस्वास्थ्य विज्ञान प्रतिष्ठानलाई छाता ऐनबाट हटाएर स्वयत्त नै राख्ने प्रतिवद्धता जनाएका छन् ।

pm-3

संघर्ष समितिको भेटेमा प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले वीपी प्रतिष्ठान विशिष्ट प्रकारको स्वायत्त संस्था भएको उल्लेख गर्दै यसको स्वायत्तता खोसीने खालका कुनै ऐन नआउने विश्वास समेत दिलाएका थिए ।

उनले प्रतिष्ठान देशकै गहना भएको भन्दै यसलाई जोगाई राख्नु सरकारको दायित्व भएकोले सरकारले आफ्नो दायित्वो पुरा गर्ने वताए । प्रधानमन्त्रि दाहाले संघर्ष समितिले राखेका माग प्रति आफु सकारात्मक रहेको समेत वताएका थिए ।

प्रधानमन्त्रि सगको भेटमा संघर्ष समितिका संयोजक मुक्सामहाङ मेन्याङबोले प्रतिष्ठानको स्वायत्तता कायम राख्दै प्रतिष्ठानलाई चिकित्सिा विश्वविद्यालय बनाउन प्रधानमन्त्रिलाई आग्रह समेत गरेका थिए । पुर्व मन्त्रि तथा सुनसरी क्षेत्र नम्बर चारका संघीय संसद ज्ञानेन्द्र वहादुर कार्की

, धरानमा पुर्व मेयरहरु मनोज मेन्याङबो , तिलक राई सहित प्रधानमन्त्रि कार्यलय पुगेको टोलीले पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको उपस्थितीमा प्रधानमन्त्रीलाई उनको निवास वालुवाटर पुगेर ज्ञापन पत्र बुझाएको थियो । समितिले स्वास्थ्य सेवालाई समयानुकुल अझ लोककल्याणकारी,

पारदर्शी, लोकतान्त्रिक र जिम्मेवार बनाइदै विकेन्द्रिकृत बनाइनु पर्ने , चिकित्सा शिक्षा आयोगको स्थापना सगै प्रतिष्ठानको स्वायत्ततामा लगाइएको अंकुस हटाई पुर्ण विश्वविद्यालय बनाउनु पर्ने माग राखिएको छ ।

छाता ऐन भित्र जान विल्कुल असहमत जाहेर गर्दै समितिले प्रधानमन्त्रिलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ – हाम्रो प्रतिष्ठान, जो अहिले नै विश्वविद्यालयको स्वरुप, आकार, हैसियत र प्रतिष्ठामा स्थापित छ,

यसलाई छाता ऐनले प्रस्ताव गरेजस्तो एकजना डीनको अधिनस्थ ’अध्ययन संस्थान’ होइन यसलाई छुट्टै विश्वविद्यालय ऐन जारी गरी पुर्ण विश्वविद्यालय मनाउन जोडदार माग गर्दछौ ।’ प्रतिष्ठानको स्वतयत्तता खोजेर एकीकृत ऐनमार्फत आंगिक कलेज बनाउन लागेको भन्दै धरानका राजनीतिक दल सामाजिक संघसंस्था तथा नागरिक अगुवाहरु ऋहिले काठमाडौमा पुगेका छन्

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

धरानबाट प्रतिबन्धित ...

सुनसरी/ धरान–१६ बाट प्रतिबन्धित लागू औषधसहित ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved