विश्व संगीत दिवसमा धरानको खानेपानीकै चर्चा

  • असार ९, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / धरान संगीत प्रतिष्ठानले धरानमा शुक्रबार साँझ विश्व संगीत दिवस भव्यताका साथ मनायो । 

धरान १५ चुम्लुङहिममा आयोजित कार्यक्रममा सांगीतिक माहौलका बीचमा धरानको खानेपानी समस्याको चर्चा समेत भएको थियो ।

धरान संगीत प्रतिष्ठान १० बर्ष पुगेका अवसर तथा विश्व संगीतको अवसरमा धरान १५ चुम्लुङ हिम भवनमा सांगीगित कार्यक्रम भयो । 

कार्यक्रमम धरानका मेयर हर्क साम्पाङ, धरानबाट गायनकर्मका लागेर राष्ट्रिय स्तरमा चर्चा परिचर्चा कमाएका गायक दिप श्रेष्ठ, लोचन भट्टराई लगायत स्थानीय गायक गायिका, बुद्धिजीविहरुको उल्लेख्य उपस्थिति रहेका थिए ।

२०७० सालमा स्थानीय गायक एवम राजनीतिककर्मी अजय राईको परिकल्पना अनुसार स्थानीय स्तरमा कला र संगीतको जगेर्ना गर्ने 

उद्देश्यले गठन भएको प्रतिष्ठानले आयोजना गरेको सांगीतिक माहोलमा धरानको खानेपानीको चर्चा चलेको थियो ।

प्रतिष्ठानका अध्यक्ष रमेश राईले सांगीतको प्रवद्र्धनसँगै स्थानीय स्तरमा गीत संगीतमार्फत राष्ट्रलाई झक्क्याउने काम प्रतिष्ठानले गरेको बताए । 

धरानको खानेपानी समस्याकै कारण धरानमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन नसकेको तर्क राख्दै अध्यक्ष राईले खानेपानी समस्या समाधानमा गरेको योगदानको प्रशंसा गरे ।

 प्रतिष्ठानलाई चलायमान बनाउन विस्तारै भवन गर्ने उद्देश्य रहेको बताउदै यसमा प्रदेश र स्थानीय सरकारको खाँचो रहेको बताए ।

नेपालकी गायिका लोचन भट्टराईले धरानमा गरेका संघर्षको कथा सुनाउदै मेयर हर्क साम्पाङले चलाएको श्रम अभियानमा आफू सरिक हुन नपाएकोभन्दै गुनासो पोखिन् । 

उनले धरान प्रज्ञा प्रतिष्ठानलाई जहा जति खेर पनि सहयोग गर्ने बचन दिइन् ।

सो अवसरमा मेयर हर्क साम्पाङले धरान संगीत प्रतिष्ठानलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै राष्ट्रिय गीतले ओतपोत गीत प्रस्तुत गरेका थिए

सो अवसरमा प्रतिष्ठानका सदस्यहरु त्था गायक दिप श्रेष्ठ र लोचन भट्टराईले कालजयी गीतहरु पस्किदा चुम्लुङहिममा सांगीतिक माहोल तातिएको थियो । 

सो अवसरमा प्रतिष्ठानले प्रतिष्ठानका संरक्षण, सल्लाहकार र प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई सम्मान गरेको थियो ।

कार्यक्रममा मेयर साम्पाङसहित सबैले नाचेर सागीतिक माहौललाई अझै रोमान्चित बनाएका थिए ।

 

 

यो पनि

कक्षा १२ को परीक्षा ...

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदे ...

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved