ट्रेड युनियन काङ्ग्रेसमा संस्थापन हाबी, अध्यक्षमा योगेन्द्र कुमार कुवर

  • असार ८, २०८०
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी /  नेपाल ट्रेड यूनियन काँग्रेसको सातौं राष्ट्रिय महाधिवेशनमा संस्थापन इतर पक्ष हावी भएको छ ।

बिहीबार भएको निर्वाचनको मत परिणाममा संस्थापन इतर समूहको १७ वटा कार्यसमिति पदाधिकारीमा १५ जनामा जित भएको छ।

निर्वाचन समितिका अनुसार अध्यक्षमा संस्थापन पक्षबाट योगेन्द्रकुमार कुवँरले संस्थापन इतरका महेन्द्रप्रसाद यादवलाई ६५ मतान्तरले पराजित गरेकाछन् ।

कुवँरले ४४१ मत हासिल गर्दा यादव ३७६ मतमा सीमित भए । त्यसैगरि, संस्थापन इतरबाट वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की ४६९ मतसहित विजयी भए ।

उनले अयोध्याप्रसाद यादवलाई ३३६ मत पराजित गरे । दुई खुल्ला उपाध्यक्षतर्फ संस्थापन इतरबाट दांगका गणेशबहादुर केसी र सुनसरीका ज्योति कोइराला विजयी भए ।

केसीले ४३८ मत पाएसंगै कोइरालाले ४१८ मत हासिल गरेका थिए। खुल्ला उपाध्यक्षमा दुवैले संस्थापनपक्षका ध्रुवचन्द्र गौतम, शंकर लामिछानेलाई पराजित गरेका थिए ।

एक महिला उपाध्यक्षमा राधिका कुइकेल खनालले ३९२ मत ल्याएर जित हासिल गर्दा संस्थापनबाट भगवती खड्काले ३४३ मत पाएकी थिइन् । उपाध्यक्ष सेवातर्फ संस्थापन इतरबाट नेत्रविक्रम थापा, ललितबहादुर श्रेष्ठ विजयी भए।

उपाध्यक्षको अनौपचारिक तथा स्वरोजगार क्षेत्रबाट संस्थापन इतरका राजेश पालिखे विजयी भए। महासचिवतर्फ विराटनगरका अजयकुमार राई विजयी भए ।

संस्थापन इतरबाट निर्वाचित भएका राईले ४६४ मतहासिल गर्दा प्रतिद्धन्दी डीपी अर्याल ३३७ मतमा सीमित भए। उपमहासचिवतर्पm संस्थापन इतरका जनार्दन भट्टराई, र बलदेव तामांग विजयी हुदाँ संस्थापनतर्फका रञ्जन थापा र राममंगल प्रसाद यादव पराजित भए ।

महिला उपमहासचिवमा सुशीला घिमिरे, उपमहासचिव सेवा क्षेत्रतर्फ देवदत्त बडु, उपमहासचिव उत्पादन क्षेत्रमा संस्थापनतर्फका कुलबहादुर खड्का, उपमहासचिव अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा रुकमणि थापा विजयी भएका छन् ।

कोषाध्यक्षतर्फ संस्थापन इतरका सञ्जय दाहाल विजयी भए । सहकोषाध्यक्षमा संस्थापनकी गीताकुमारी लामिछाने विजयी भइन् । निर्वाचनमा यूनियनको १७ सदस्यीय कार्यसमितिमा संस्थापन इतरबाट १५ र संस्थापन पक्षबाट २ जना विजयी भएका हुन् ।

८ सय ८७ मतदातामा निर्वाचनमा ८ सय ४६ मत खसेको निर्वाचन समितिले जनाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved