फरार दुई प्रतिवादी पक्राउ

  • असार ७, २०८०
  • कोशीपत्र/संवाददाता
alt

बिराटनगर/ कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले अभद्र ब्यवहार र लागुऔषध सहित २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

अभद्र ब्यवहार मुद्दामा मोरङ जिल्ला अदालतले मिति २०७९ – १० –१२ गतेको सजाय निर्धारण फैसलाको आदेशले २ महिना ५ दिन कैद र ३ हजार जरिवाना बेरुजु रही फरार रहेका मोरङ बुढिगंगा गाउँपालिका वडा नम्बर – ३ का ३४ बर्षीय बिशाल सुबेदीलाई पक्राउ गरी मोरङ जिल्ला अदालत बुझाएको  छ । भने  कैद भुक्तानको लागि मोरङ जिल्ला कारागार पठाईएको छ ।

त्यसैगरी लागुऔषध मुद्दामा झापा जिल्ला अदालतको मिति २०७५ –१०– २५ गतेको सजाय निर्धारण फैसला आदेशले ५ बर्ष कैद र ५ हजार रुपैया जरिवाना बेरुजु रही फरार रहेका धरान उप – महानगरपालिका – १५ का २८ बर्षीय संजय तामाङलाई खोज तलास गर्ने क्रममा गाउँघरमा नै लुकेर बसेको अवस्थामा फेला पारी पक्राउ गरेको छ।

पक्राउ परेका तामाङलाई झापा जिल्ला अदालतमा बुझाएको छ। भनेभने सुबेदीलाई तोकिएको कैद भुक्तानको लागी जिल्ला कारागार चन्द्रगढी बुझाएको छ ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved