ताप्लेजुङ / ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नम्बर ३ स्थीत सिकैचोका ३८ बर्षीय लक्ष्मण चाम्लिङ राईले श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत मंगलबार सांझ राईले मादक पदार्थ सेवन गरी श्रीमती लाई कुटपिट गर्ने क्रमा चिर्पट दाउरा प्रहार गरी ३१ बर्षीया निशा राईको हत्या गरेका थिए । उक्त घटनाको सूचना प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ बाट खटिएका प्रहरी टोलीले आरोपित राईलाई पक्राउ गरेको हो ।
श्रीमान श्रीमती बिच घरयासि बिषयमा विवाद भएको र विवादकै क्रममा रिशको आवेगमा भान्सा कोठामा रहेको दाउराको चिर्पट दाउराले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटना स्थलमा नै मृत्यु भएको प्रारम्भिक अनुसन्धानको क्रममा खूल्न आएको छ । घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।