चट्याङ लागेर ७ जना घाइते १ को अवस्था चिन्ताजनक

  • असार ६, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विजयपुर /काठमाडौबाट उदयपुर तर्फ आउदै गरेको दुईवटा कारमा चट्याङ लाग्दा ७ जना घाइते भएका छन ।  भने एकको अबस्था चिन्ताजनक रहेको छ ।

उदयपुरको दुधौली नगरपालिका वडा नम्बर ४ लक्ष्मीपुरमा वि ए वि ५५३९ र बागमती प्रदेश –३ ०१ ०३२ प ५८६० नम्बरको कारमा चट्याङ लागेर दुर्घटना हुँदा कारमा सवार ५ जना यात्रु र सोहि स्थानमा रहेको एक घरमा चट्याङ लाग्दा दुई जना घाईते भएका हुन ।

घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली हस्पिटलबाट प्राथमिक उपचार पश्चात् सिन्धुली अस्पताल र उदयपुरको कटारी अस्पताल रेफर गरिएको दुधौली नगरपालिकाका उप मेयर चन्द्र किशोर थारुले जानकारी दिएका छन।

दुर्घटना परेकी अन्दाजी ६५ बर्षीय माया बस्नेतको अवस्था भने चिन्ताजनक रहेको इलाका प्रहरी कार्यालय डकाहाले जानकारी दिएको छ।

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved