बिपद ब्यवस्थापनका लागि पुर्वतयारी तथा प्रतिकार्य योजना तयार गर्दै धरान

  • असार ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान / स्थानीय तहमा आइपर्ने बिपदलाई ब्यवस्थापन गर्न धरान उपमहानगरपालिकाले बिपद पुर्वतयारी तथा प्रतिकार्य योजनाको अध्यावधिकका लागि प्रारम्भिक छलफल शुरु गरेको छ ।
वन वातावरण तथा बिपद ब्यवस्थापन समितिको आयोजनामा बिपदमा आइपर्ने अवस्थामा पुर्व तयारी तथा प्रतिकार्य योजनाको अध्यावधिक गर्न कार्यशालाको आयोजना गरिएको हो ।

धरानले दुई वर्ष अघि कार्ययोजना तयार गरेको थियो । दुई वर्ष धेरै समस्याहरु परिवर्तन भैसकेकोले यसलाइ अध्यावधिक गर्न कार्यशालाको आयोजना गरिएको वातावरण शाखाका अधिकृत भेषराज घिमिरेले बताए ।

उनका अनुसार अध्यावधिक गर्न हाम्रो कन्सल्टेन्सी सेवाले सहजीकरण गरेको छ । धरानलाइ तीन कलष्टर बिभाजन गरेको प्रत्येक वडाका सरोकारवालाहरु सङ्ग छलफल गरिने भएको छ ।

आज मेयर हर्कराज राइको अध्यक्षतामा भएको पहिलो चरणको प्रारम्भिक कार्यशालामा उपमेयर सहित धरानका २० वटै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, नेपाल रेड्क्रस लगायत बिपदको क्षेत्रमाका काम गर्ने विभिन्न संघसंगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यशालालाइ सहजीकरण गर्दै बिपत ब्यवस्थापन बिज्ञ राम प्रशाद दाहालले बिपद पुर्वतयारी तथा प्रतिकार्य योजना अध्यवधिकले स्थानीय बिपद तथा जलवायु उत्थानशिल योजना तयार गर्ने, बिपद जोखिम ब्यवस्थापन सम्बन्धी दस्तावेज तयार गर्ने र धरानले पहिचान गरिएको जोखिमहरु अभिलेखिकरण गर्ने बताए ।

अध्यावधिक योजनाले धरानमा हुने बिपद ब्यवस्थापनका लागि जोखिम न्यूनीकरणका लागि पुर्व तयारी, वडागत जोखिम बिश्लेशन गर्दै त्यसबाट प्राप्त सुचनालाइ आधार मानेर मस्यौदा तयार गरिने उनले बताए ।

अबको २० दिन भित्र प्राविधिक सहयोगी संस्था हाम्रो कन्सल्टेन्सी सेवाले अध्यावधिक योजना सहितको कार्ययोजना तयार गरेर हस्तान्तरण गर्ने भएको छ ।

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

डेरामै चल्दै थियो नक ...

सुनसरी/  झापाको काँकडभिट्टाबाट लाखौँ रुपैयाँ ...

सुनसरीमा ‘नवरत्न बीट ...

सुनसरी/ भारतको प्रतिष्ठित पर्सनल केयर तथा आयुर्वेद ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved