बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण

  • असार ५, २०८०
  • कोशीपत्र/संवाददाता
alt

विराटनगर/  गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ ।

महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो ।

आज महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरुलाई मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिऊ बोका हस्तान्तरण गर्नुभयो ।

समूहमा आबद्ध महिलाहरुले व्यवसायिक बाख्रा पालन गरेर स्वरोजगार भएका छन् ।

महानगरले ८ दिने उद्यमशीलता र ७ दिने सीपमूलक तथा बाख्रा पालनसम्बन्धी तालिम दिएको थियो ।

तालिमपछि यसअघि सिलाई मेसिनसहित विभिन्न सामग्रीसमेत वितरण गरेको थियो । समावेशी समूहमा १९ जना महिला आबद्ध रहेको सचिव श्रेष्ठले बताउनुभयो ।

१९ जनाले नै ५ देखि ३० वटासम्म बाख्रा पालेका छन् ।

एस.ई.ई. स्पिकर २०८१ ...

धरान/ र्याडिकल लाइट नेपाल प्रा.लि., धरानको आयोजनामा एस. ...

धरानमा यस्तो छः नमुन ...

धरान/ धरान उपमहानगरपालिका वडा नम्बर १५ को शहिद मार ...

सुनसरीमा ब्राउन सुगर ...

सुनसरी/बिशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो वि ...

डिपो स्कुलमा खुला व् ...

धरान/ धरान उपमहानगरपालिका–१८ स्थित डिपो स्कुलमा ख ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved