सुनसरी / कोशी प्रदेश नामाकरणको बिरोध गर्दै आन्दोलनमा रहेका पहिचानबादीहरु सङ्ग प्रदेश सरकारको छलफल बिराटनगर जारी छ ।
केही दिन प्रदेश सरकारले वार्ता टोलि गठन गरि वार्ताको लागि आव्हान गरेको थियो ।
आज बिराटनगरमा पौने १० बजे देखि प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच वार्ता जारी रहेको छ ।
वार्तामा सरकारको तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन्।
आन्दोलनरत पक्षका वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू छन् ।